सेवा लिन आउनेलाई खोप कार्ड अनिवार्य
शुक्रबार, माघ ७, २०७८
पाल्पामा संक्रमित दिनहुँ बढ्दै, शुक्रबार मात्रै ६७ जनामा संक्रमण
शुक्रबार, माघ ७, २०७८
केही दिनयता जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दिप्रतिदिन संक्रमणको ग्राफ उकालो लाग्दै गएको हो । विहीबार ४९ जना नयाँँ कोरोना संक्रमित थपिएकोमा शुक्रबारमात्र ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप लगाउन भिडभाड
शुक्रबार, माघ ७, २०७८
तानसेनस्थित पाल्पा अस्पतालमा खोप लगाउनका लागि सयौंको संख्यामा लामवद्ध भएका नागरिक । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिरहँदा यसको रोकथामका लागि सतर्कता अपनाउन भनिए पनि खोप लगाउने स्वास्थ्य केन्द्रहरूमा भने असावधानी देखिन्छ ।
पाल्पामा पत्रकारले लगाए बुस्टर डोज
बिहीबार, माघ ६, २०७८
अग्रपंक्तिमा खटिएका जिल्लाका पत्रकारहरुले कोरोनाविरुद्धको बुस्टर (तेस्रो) डोजको खोप लगाएका छन् । संघीय सरकारमार्फत प्राप्त खोप जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका पत्रकारहरुलाई बुस्टर डोज दिइएको हो ।
तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने
बिहीबार, माघ ६, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । कोरोना सक्रमणको दर उच्च भएपछि गाउँपालिकाले कोभिड आईसोलेसन अस्पताल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
पाल्पामा विहीबार थपिए ४९ संक्रमित
बिहीबार, माघ ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
तानसेनका युवा उद्यमीलाई विना धितो सहुलियत दरमा ऋण
बुधबार, माघ ५, २०७८
तानसेन नगरपालिकाले नगरका युवाहरुलाई विना धितो सहुलियत दरमा ऋण प्रदान गरेको छ । नगरका १४ वटै वडाहरुका युवाहरुलाई उद्यमी बनाउने अभियानाका साथ तानसेन नगरपालिकाले ग्लोवल आई एमईबैक, हेफर ईन्टरनेशनल, ग्रामिण आर्थिक विकास संघ रेडाको साझेदारीमा युवाहरुलाई विना धितो ऋण सहयोग गरेको हो ।
गुल्मी पनि संक्रमित हुने ह्वात्तै बढे
बुधबार, माघ ५, २०७८
गुल्मीमा पनि कोभिडको संक्रमण दिन प्रति दिन बढी रहेको छ । पछिल्लो २४ घण्टामा ६३ जनाको परीक्षण गर्दा जिल्लामा एकै दिन ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बुटवलका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार
बुधबार, माघ ५, २०७८
बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएका छन् । उपमहानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक प्रयोगशाला सेवा सहितको प्राथमिक स्वास्थ्यसेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ । सहरी स्वास्थ्य केन्द्रमा विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको आकर्षण बढेकाले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत...
मन्त्री रानाद्वारा गुल्मी अस्पतालको अनुगमन
सोमबार, माघ ३, २०७८
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गरेका छन् । सोमबार विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गुल्मी आएका मन्त्री रानाले निर्माणधिन गुल्मी अस्पतालसँगै अहिलेको अस्पतालबाट हुने स्वास्थ्य उपचार सम्बन्धमा जानकारी लिन समग्र गुल्मी अस्पतालको अनुगमन गरेका हुन् ।
पाल्पा प्रशासनले संक्रमण फैलिन नदिन सक्रियता बढायो
बिहीबार, पुस २९, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।
फेरि बढ्दै कोरोना संक्रमितको ग्राफ, एकैदिन २४ सय ४४ जनामा संक्रमण
मंगलबार, पुस २७, २०७८
नेपालमा केही समय मत्थर बनेको कोरोना संक्रमणको ग्राफ फेरी बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमण दर तीव्र रूपमा बढिरहेको बेला नेपालमा यसको जोखिम बढेको हो ।


