Shittalpati
पर्यटक लोभ्याउने गुल्मीको धुवाखोला होमस्टे
पर्यटक लोभ्याउने गुल्मीको धुवाखोला होमस्टे गुल्मीको पूर्तिघाटबाट माथि करिव १० किलो मिटर धुवाखोला होमस्टे पर्दछ । मिति २०७४/०४/०५ मा स्थापना होमस्टे गुल्मी जिल्लाकै प्रख्यात होमस्टे हो । यहाँ मगर जातिको बाहुल्यता भएपनि यो होमस्टे गुरुङ्ग समुदायले चलाएका छन् । गुरुङ्ग समुदायले स्थापना गरेको यस होमस्टेमा कल्चरमा रोधी, गुरुङ्ग खानाका परिकार ढेडो, कोदोको सेल, गुन्द्रुक अचार,...
क्षयरोग दिवसको सान्दर्भिकता
क्षयरोग दिवसको सान्दर्भिकता हरेक वर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । आज पनि विभिन्न सचेतनाका कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो ।
बेरोजगारीको डर लाग्दो दृश्य
बेरोजगारीको डर लाग्दो दृश्य स्थानीय तहको निर्वाचनका लागि चैत ६ गतेदेखि म्यादी प्रहरीको भर्ना सुरु भएको छ । देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन युवा पुस्ताको लर्को छ । डेढ महिने रोजगारीका लागि आवेदन दिन सयौं युवा चर्को घाममा लामबद्ध देखिन्छन् ।
निर्वाचन खर्चिलो नबनाऔं
निर्वाचन खर्चिलो नबनाऔं जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्ने लोकतान्त्रिक अधिकार नै निर्वाचन वा प्रतिनिधित्व प्रणाली हो । निश्चित भूगोलभित्र बस्ने सार्वभौम जनताले आफ्नो विचार निकट भएका राजनैतिक दललाई मतदानमार्फत समर्थन गर्छन् । लोकतन्त्रलाई बलियो र परिपक्व बनाउन निर्वाचन आवश्यक छ । तर त्यही निर्वाचन पछिल्लो समय महँगो हुँदै गएको छ ।
आयुर्वेदको विकासमा ध्यान देऊ
आयुर्वेदको विकासमा ध्यान देऊ पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।
पर्यटन क्षेत्रमा अब्बल कचल
पर्यटन क्षेत्रमा अब्बल कचल पाल्पा जिल्ला आफैमा ऐतिहासिक र पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । जिल्लाका साविकका गा.वि.स. हालका वडाहरु अझ पर्यटकीय आकर्षित स्थलहरु बन्दै गएका छन् । हुन त ति गाउँहरु ऐतिहासिक गाउँ हुन् । पहिला अध्यारोमा परेका गाउँहरु अहिले उज्यालोमा परिणत भएका छन् ।
मनपरी मूल्यवृद्धि रोक
मनपरी मूल्यवृद्धि रोक नेपाली बजारमा यतिबेला खाद्यान्नदेखि इन्धनको मूल्य अचाक्ली वृद्धि भएको छ । रुस र युक्रेनमा भएको द्धन्द्धको मौका छोपी व्यापारीहरुले हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि गरेका छन् ।
योजना लिएर जाऊ
योजना लिएर जाऊ देश निर्वाचनतर्फ धकेलिएको छ । आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा गरिसकेको छ ।
रङ्गीन पर्व होलीको शुभकामना !
रङ्गीन पर्व होलीको शुभकामना ! प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन होली पर्व मनाइन्छ । नेपाल, भारत र अन्य राष्ट्रका पनि हिन्दू तथा गैरहिन्दूहरूका लागि होली महत्वपूर्ण पर्व हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिनमा मनाइने प्रमुख चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको...
उपभोक्ता अधिकार दिवस
उपभोक्ता अधिकार दिवस विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर आज मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।
अर्थतन्त्र सुधारमा गम्भीर बन
अर्थतन्त्र सुधारमा गम्भीर बन कोरोना महामारीका कारण थिलोथिलो परेको अर्थतन्त्र थप संकटतर्फ उन्मुख भएको देखिएको छ । अर्थतन्त्रका सबै सूचकहरू यतिबेला नकारात्मक छन् । विदेशी विनिमय सञ्चितिमा परेको दबाब कम गर्न सरकार आयात नियन्त्रणमा उत्रिएको छ । यसले बजारमा अराजकताको खतरा बढेकोमात्र होइन, संकेत देखा परिसकेको छ । तरलता संकट छ ।
रोकौं सडक दुर्घटना
रोकौं सडक दुर्घटना सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा वर्षेनि बढ्दो सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ । गत बिहीबार मात्र संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १५ जनाले ज्यान गुमाए । घुम्तीमा तीव्र गतिका कारण बस दुर्घटना भएको खुलेको छ । यो त एउटा प्रतिनिधि घटना मात्र हो ...
Weather Update