Shittalpati
अध्यादेश प्रकरणले दिने सन्देश

शेरबहादुर देउवाको छविलाई बिगार्नेगरी गरिएका विभिन्न खालका कृयाकपालले अहिले मुलुक अत्यान्तै संकटमा परेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको प्राप्त परिणाम पछि नयाँ सरकार बनाउने क्रममा शेरबहादुर प्रवृति फेरि पनि पुनरावृति गर्ने प्रयास अत्यान्तै गम्भीर बन्दै गएको छ । अध्यादेशका माध्यमबाट आफु अनुकुलताको सरकार बनाउने प्रलोभनमा गरिएका यस्ता हर्कदहरुको समाधान खोज्ने भन्दा पनि हर्कद माथि अर्को हर्कद थप्दै जाने क्रममा एक पछि अर्का गल्तीहरु थपिनु आफैमा अत्यान्तै दुरर्भाग्यपूर्ण अवस्था हो । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जुनसुकै माध्यम अपनाएर भएपनि आफ्नो अनुकुलतामा सरकार बनाउन खोज्ने प्रवृतिले गर्दा सधंै चर्चामा रहने बानी परेका देउवाले यो पटक यस्तो नगर्नुपर्ने थियो ।

मुलुक र संविधान अनि लोकतन्त्र प्रति नै खिल्ली उडाउँने खालका यस्ता क्रियाकलापले गर्दा सरकार र सिंगो पार्टी नै बदनाम हुने अवस्था छ । त्यसकारण प्रस्तुत अध्यादेशले सबैलाई लज्लास्पद बनाएको छ । सत्तामा हावी भइरहनका लागि विभिन्न खालका ताण्डव गर्ने प्रवृतिले गर्दा शेरबहादुर देउवा वियोगान्त, कन्तविजोगको अवस्था आउने पक्का छ । सरकार बनाउने कार्यका लागि एक आपसमै सहमतिका आधारहरु तयार गरेर अगाडि बढ्नुको साटो राजनैतिक तारतम्यताका साथ सत्तारोहणका लागि देखाईएको लालचले गर्दा झन्भन्दा झन् समस्या उत्पन्न हुने अवस्था देखिएको छ । नयाँ उत्तराधीकारी जन्माएर मुलुकलाई नयाँ वागडोरका साथ अगाडि बढाउनुपर्नेमा त्यसो गर्न नमानेको परिणाम प्रम देउवाका लागि अभिशाप बाहेक केही पनि हुन सक्दैन । त्यसकारण यो अध्यादेश प्रकरणको भुलभुलईयाँमा नलागेर नयाँ बाटो निर्माण र नयाँ अनि युवा नेतृत्वलाई सत्ताको जिम्मेवारी सुप्पिनुको विकल्प छैन ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update