Shittalpati
घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्न मालिका गाउँ सरकारले बनायो कानुन
घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्न मालिका गाउँ सरकारले बनायो कानुन गुल्मीको मालिका गाउँ सरकारले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरी बिक्री वितरण गर्न कानुनी बनाएको छ । स्थानीय स्तरमा उत्पादित कोदोबाट गाउँ–गाउँमा बनाइने मदिरा (लोकल रक्सी) लाई व्यावसायिक रूपमा बिक्री खुला गर्ने गरी गाउँ सरकारले आफ्नै कानुन निर्माण गरेको हो ।
कालीगण्डकी गाउँ सरकारले ल्यायो ४५ करोड ७६ लाखको बजेट
कालीगण्डकी गाउँ सरकारले ल्यायो ४५ करोड ७६ लाखको बजेट जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मीले अर्थिक वर्ष २०७८÷०७९ को लागि ४५ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले नवौं गाउँसभामार्फत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै अगामी आर्थिक वर्षका लागि ४५ करोड ७६ लाख ९० हजारको बजेट ल्याएको हो ।
माथागढीको नीति–कार्यक्रम: कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा
माथागढीको नीति–कार्यक्रम: कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा माथागढी गाउँपालिकाले कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने गरी नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नवौ गाउँसभा मार्फत गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई केन्द्रित गर्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
रैनादेवी छहरा गाउँ सरकारले ल्यायो ६१ करोड ५२ लाखको बजेट
रैनादेवी छहरा गाउँ सरकारले ल्यायो ६१ करोड ५२ लाखको बजेट जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ६१ करोड ५२ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी थापाले नवौं गाउँसभामा विहीबार ६१ करोड ५२ लाख १५ हजारको बजेट सार्वजनिक गरेकी हुन् । विनियोजित रकममध्ये चालुतर्फ ३७ करोड ९४ लाख ६५ हजार र पुँजीगतर्फ २३ करोड ५७...
माथागढी गाउँ सरकारको बजेट ५५ करोड ८५ लाख
माथागढी गाउँ सरकारको बजेट ५५ करोड ८५ लाख जिल्लाको माथागढी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ । गाउँपालिकाको नवौ गाउँसभामा अध्यक्ष सन्तोष कुमार थापाले बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गरे ।
तिनाउ गाउँपालिकाको प्राथामिकता कृषि, शिक्षा र स्वास्थ्य
तिनाउ गाउँपालिकाको प्राथामिकता कृषि, शिक्षा र स्वास्थ्य जिल्लाको तिनाउ गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राख्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार नवौं गाउँसभामार्फत गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
बगनासकाली गाउँ सरकारको कोभिड केन्द्रित नीति–कार्यक्रम तथा बजेट
बगनासकाली गाउँ सरकारको कोभिड केन्द्रित नीति–कार्यक्रम तथा बजेट जिल्लाको बगनासकाली गाउँ सरकारले कोभिड–१९ केन्द्रित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार दशौं गाउँसभामार्फत गाउँपालिकाले कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
ताराखोला गाउँ सरकारको प्राथमिकता स्वास्थ्य,रोजगारी र कृषि
ताराखोला गाउँ सरकारको प्राथमिकता स्वास्थ्य,रोजगारी र कृषि बाग्लुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोरोना रोकथाम, रोजगारी सिर्जना, गरिबी निवारण र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले नवौँ गाउँ सभामार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
रैनादेवी छहरा गाउँपालिकाको प्राथमिकता कोभिड रोकथाम र कृषि
रैनादेवी छहरा गाउँपालिकाको प्राथमिकता कोभिड रोकथाम र कृषि जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको हो ।
तानसेन सरकारले गर्‍यो नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न पत्रकारसँग छलफल
तानसेन सरकारले गर्‍यो नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न पत्रकारसँग छलफल जिल्लाको तानसेन नगर सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न जिल्लाका पत्रकारहरुसँग छलफल तथा अन्तक्र्रिया गरेको छ ।
बाढीबाट गुल्मी पुर्तिघाटका तीन घर जोखिममुक्त
बाढीबाट गुल्मी पुर्तिघाटका तीन घर जोखिममुक्त कालीगण्डकी नदिमा जलसतह घट्दै गएपछि गुल्मीको पुर्तिघाट बजारका ३ घर तत्कालका लागि जोखिममुक्त भएका छन् । अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाव बढ्दै गएपछि जोखिममा परेका यहाँका घरहरु विहीबारदेखि नदीको बहाव कम हुँदै गएपछि भने अहिले जोखिम हुनबाट जोगिएका हुन् ।
माथागढी गाउँपालिकामा उच्च सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह
माथागढी गाउँपालिकामा उच्च सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट सुरक्षित रहन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेकाले सतर्क रहन अध्यक्ष थापाले गाउँपालिकावासीलाई आग्रह गरेका हुन् ।
Weather Update