Shittalpati
तानसेनमा कालीगण्डकीको पानी झर्‍यो , तिर्खा मेटिने आसमा तानसेनवासी
तानसेनमा कालीगण्डकीको पानी झर्‍यो , तिर्खा मेटिने आसमा तानसेनवासी तानसेनमा कालीगण्डकीको पानी झरेको छ । छेर्लुङ्ग र रानीमहल क्षेत्रको बिच भागबाट कालीगण्डकीको पानी लिफ्ट गरी तानसेन बतासेडाँडाको मुल ट्याङ्कीमा झारिएको हो । यसँगै महत्वाकांक्षी योजनाको रुपमा रहेको तानसेन लिफ्टिङ् खानेपानी आयोजना अन्तर्गतको पहिलो चरणको काम सकिएको छ ।
जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीलाई रिफ्रेसर तालिम
जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीलाई रिफ्रेसर तालिम जिल्लाको माथागढी गाँउपालिकाले जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुलाई रिफ्रेसर तालिम दिएको छ । स्वास्थ्य क्षेत्रमा थप सहजता ल्याउन गाउँपालिकाले जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुलाई रिफ्रेसर तालिम दिएको हो । आठ वटै वडाका स्वास्थ्य चौकीका प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई ३ दिने रिफ्रेसर तालिम दिइएको गाउँपालिकाले जनाएको छ ।
भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड
भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड बुटवल, रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ ।
राष्ट्रिय परिचय पत्र वितरण अभियानमा व्यस्त जनप्रतिनिधि र कर्मचारी
राष्ट्रिय परिचय पत्र वितरण अभियानमा व्यस्त जनप्रतिनिधि र कर्मचारी तानसेन नगरपालिका ५ को वडा कार्यालयमा राष्ट्रिय परिचय पत्र वितरण अभियानमा व्यस्त जनप्रतिनिधि र कर्मचारीहरु । सरकारले आमनागरिकहरुलाई राज्यबाट प्रवाह हुने सेवासँग आवद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको यो अभियानमा नागरिकहरुको उत्साहजनक रुपमा सहभागिता भइरहेको वडा अध्यक्ष रामबहादुर रावलले बताए ।
पाल्पामा वनक्षेत्र अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइयो
पाल्पामा वनक्षेत्र अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइयो जिल्लाको तिनाउ गाउँपालिका–१ कचल सानीउदाङमा वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा हटाउन आगो लगाइएको छ । राष्ट्रिय वन अतिक्रमण गरी अस्थायी घरटहरा बनाएर अतिक्रमण गरिएको उजुरीपछि टहरा हटाउन आगो लगाइएको हो ।रुपन्देही, रुद्रपुर हरैयाका कृष्णप्रसाद उपाध्यायले व्यवसायिक प्रयोजनका लागि वनको जग्गा अतिक्रमण गरि टहरा निर्माण गरेका थिए ।
कौसी खेती गर्न जुटे तानसेनका महिला
कौसी खेती गर्न जुटे तानसेनका महिला पछिल्लो समय सहरबजारमा पर्याप्त जग्गाको अभाव हुन थालेपछि कौसी खेतीतर्फ सहरवासीको आकर्षण बढ्न थालेको छ । आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने गरेपछि अधिकांशले घरको कौसीमै भए पनि धेरथोर तरकारी लगाउन थालेका छन् । सहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन समेत मुस्किल छ ।
बगनासकालीमा जन्मदर्ता सम्बन्धी सचेतना
बगनासकालीमा जन्मदर्ता सम्बन्धी सचेतना जिल्लाको बगनासकाली गाउँपालिकाका वडाहरुमा जन्मदर्ता सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नं. १, २ र ६ मा जन्मदर्ता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो ।कार्यक्रमा जन्मदर्ता सम्बन्धी कानुनी व्यवस्था, जन्मदर्ता सम्बन्धी भएका निर्देशन तथा परिपत्रहरू सम्बन्धी जानकारी, जन्मदर्ताको आवश्यकता र महत्व, बालमैत्री व्यवहार, बाल अधिकार, जन्मदर्ताको लागि संलग्न गर्नुपर्ने...
विपन्न तथा कुमाल समुदायका युवालाई कम्प्युटर तालिम
विपन्न तथा कुमाल समुदायका युवालाई कम्प्युटर तालिम जिल्लाको माथागढी गाउँपालिका भित्रका विपन्न कुमाल समुदायका युवाहरुलाई कम्प्युटर तालिम दिइएको छ । गाउँपालिकाको आयोजना तथा मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा विपन्न तथा कुमाल समूदायका युवाहरुका लागि कम्प्युटर तालिम र होजियारी तालिम दिइएको हो ।
पाल्पामा अवैध भरूवा बन्दुक सहित एक पक्राउ
पाल्पामा अवैध भरूवा बन्दुक सहित एक पक्राउ जिल्लाको बगनासकालीमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका ३ तल्लो सिन्चासका ५८ वर्षीय हिराबहादुर सारुलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।सारुले घरमा लुकाईछिपाई गरी अवैध भरुवा बन्दु राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दा १ नाले...
लिफ्टिङ्गबाट घर–घरमा पुग्यो खानेपानी
लिफ्टिङ्गबाट घर–घरमा पुग्यो खानेपानी जिल्लाको रेसुङ्गा नगरपालिका ४ को खाम्सेपानी सेउघामा लिफ्टिङ्ग बाट खानेपानी पुगेको छ । रैदीखोलाको पानी लिफ्टिङ्ग प्रविधिबाट तानेर सेउघाका घर–घरमा पुर्‍याइएको हो । बस्ती डाँडामा रहेकाले यहाँ पानीको चरम समस्या रहँदै आएको थियो । लिफ्टि·बाट खाने पानी घर–घरमा पुर्‍याइएपछि यहाँको वर्षोदेखिको खानेपानी समस्य अहिले समाधान भएको छ ।
निस्दीको ज्यामिरेमा सार्वजनिक सुनुवाइ
निस्दीको ज्यामिरेमा सार्वजनिक सुनुवाइ बाँकी योजनाको काम भैरहेको तिमिल्सीनाले जानकारी दिए । ज्यामिरेमा खर रहित छानामुक्त गर्नका लागि कर्कट पाता विवरण गरिएको उनले बताए । कार्यक्रममा सहभागीले कृषि, शिक्षा, विद्युत् मोटर बाटो, खानेपानी, स्वास्थ्य लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
Weather Update