Shittalpati
रम्भाको पिपलडाँडामा प्रहरी चौकी

पाल्पा । जिल्लाको रम्भा गाउँपालिकाको पिपलडाँडामा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना प्रहरी रहने गरी प्रहरी चौकी स्थापना गरिएको हो । चौकीको लुम्बिनी प्रदेशका प्रहरी प्रवक्ता राजकुमार बैदावारले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उद्घाटन गर्दै प्रवक्ता बैदावरले स्थानीयवासीको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी स्थापना गरिएको बताए । उनले गुणस्तरीय शान्ति सुरक्षा प्रदान गर्न प्रविधिमैत्री सुरक्षा योजनाका साथ प्रदेश प्रहरी लागेको बताएका छन् । प्रवक्ता बैदवारले समाजमा शान्ति सुव्यवस्था काम गर्नका लागि स्थानीय नागरिकहरुसँगै सहकार्य गर्दै अगाडि बढ्न पनि प्रहरी युनिटलाई आग्रह गरे ।

कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराई जनप्रतिनिधि लगायतले चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुले समाजमा हिंसा कम गर्न शान्तिसुरक्षा कायम गर्न नागरिक र प्रहरी बिच सहकार्य आवश्यक रहेको बताए । नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार प्रहरी सहायक निरिक्षक १, प्रहरी हवल्दार ३, प्रहरी जवान १०, प्रहरी कर्मचारी १ गरी जम्मा १५ जनाको दरबन्दी रहने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update