भारतलाई हराउँदै नेपाल फाइनलमा
खेलकुद
राष्ट्रिय प्रतियोगिताका लागि पाल्पाबाट आई.टि.एफका खेलाडी छनोट

पाल्पा, पाल्पा आई.टि.एफ् तेक्वाण्डोबाट राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनोट भएका छन् । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाल्पा आई.टि.एफ् तेक्वाण्डो संघले २३ खेलाडी छनोट गरेको हो । जिल्लाका १३ डोजाङ्गबाट ढेड सय बढी खेलाडीहरु बिच भएको प्रतिस्पर्धामा २३ खेलाडी छनोट भएको संघका अध्यक्ष निर बहादुर सारुले बताए ।
छनौट भएका खेलाडीहरुमा एकल स्पायरिङ्ग पुरुष तर्फ ४६—५० केजीमा देब थापा, ५१—५५केजीमा उज्वल गहतराज, ५६—६० केजीमा रमेश नेपाली, ६१—६५ केजीमा निसप थापा, ६६—७० केजीमा विपिन कवर, ७१—७५ केजीमा मिलन राना, ७६—८० केजीमा सुजन सारु, ८१—८५ केजीमा एन्जील कुवर र ८६+ मा साजन पचभैया छनौट भएका छन् । एकल स्पायरिङ्ग महिलातर्फ ४१—४५ केजीमा महिमा बारघरे, ४६—५० केजीमा रोशनी थापा, ५१—५५ केजीमा सुप्रिया कनौजे, ५६—६० केजीमा विष्णु खाम्चा, ६१—६५ केजीमा युविना श्रेष्ठ र ६६+केजीमा कविता राना छनोट भएका हुन् । संघका अनुसार एकल प्याट्रन पुरुषतर्फ आर्जित सारु ( निलो पेटी) , विशाल राना (रातो पेटी ), निरज बहादुर थापा (कालो पेटी प्रथम डान), रजन रेग्मी (कालो पेटी दोस्रो डान ), बिरेन्द्र बुढा (कालो पेटी तेस्रो डान ) छनोट भएका छन् । त्यस्तै एकल प्याट्रन महिला तर्फ मन्जिला कुवर (निलो पेटी), रोशनी श्रेष्ठ ( रातो पेटी ) र एलिसा थापा (कालो पेटी प्रथम डान) छनोट भएका हुन् ।
तेक्वाण्डो संघका जिल्ला उपाध्यक्ष कृष्ण थापाका अनुसार जिल्लाबाट छनोट भएका खेलाडीहरु रोल्पाको लिवाङमा हुने लुम्बिनी प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागी हुने छन् । प्रदेशमा छनोट भएका खेलाडीमात्रै पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । यस अघि भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाल्पा आई.टि.एफले १ स्वर्ण, १ कास्य र ३ रजत पदक प्राप्त गरेको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!