Shittalpati
आँखा अस्पतालका कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल

पाल्पा, आँखा अस्पतालका कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । लुम्बिनी प्रदेशको भैरहवामा तीन जिल्लाका आँखा अस्पतालमा कार्यरत कर्मचारीहरु बिच प्रतियोगिता भएको हो ।

एक दिने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पाल्पा, भैरहवा र परासीमा रहेका आँखा अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगतामा भैरहवा आँखा अस्पताल प्रथम र पाल्पा लायन्स आँखा अस्पताल दोस्रो भएका छन् । कर्मचारीहरुको सम्बन्धलाई थप मैत्रीपूर्ण बनाउनका लागि खेल प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक तथा पाल्पा आँखा अस्पतालका शम्भु प्रसाद आचार्यले बताए । संयोजक आचार्य र डा. अमृत बास्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update