Shittalpati
नेपालले वैशाखमा त्रिदेशीय टी–२० शृङ्खला खेल्न

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही वैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही वैशाख ४ देखि ११ गतेसम्म हुने नेपाल त्रिकेट संघ(क्यान) ले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् । कोरोना भाइरस सङक्रमणको जोखिमलाई ध्यानमा राख्दै शृङ्खलामा सहभागी हुने खेलाडी र म्याच अफिसियललाई बायो बबलभित्र राखिने र पीसीआर परीक्षण गरिने विज्ञप्तिमा भनिएको छ । सिरिजमा डबल राउण्ड रोविन लिगका आधारमा खेलाइने क्यानले जनाएको छ ।

डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । कोरोनाको संक्रमणक दर घट्दै घरेलु प्रतियोगिताहरु सुरु हुन थालेकोले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट गर्न यो सही समय रहेको क्यानले जनाएको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाको घोषणाले खुशी भएको बताउँदै नेदरल्याण्ड्स र मलेसियालाई धन्यवाद दिए । नेदरल्याण्ड्सका प्रशिक्षक राएन क्याम्पबेलले नेदरल्याण्ड्सले २०१९ नोभेम्बरदेखि क्रिकेट नखेलेको भन्दै ट्राई नेशन्स सिरिजको घोषणाले खुशी भएको बताए । यस्तै मलेसिया क्रिकेट एसोसिएसनका अध्यक्ष माहिन्दा भालिपुरनले यो सिरिज घोषणाबाट खुशी लागेको बताए ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update