४१ राजनीतिक दलको दर्ता खारेज, हेर्नुहोस् नामवली सहित
मंगलबार, साउन १९, २०७८

लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त
शुक्रबार, साउन १५, २०७८
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुन् ।

लुम्बिनीको प्रदेश प्रमुखमा शेरचन सिफारिस
मंगलबार, साउन १२, २०७८
मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा धर्मनाथ यादवलाई बर्खास्त गरेर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नुपर्छ : डा. महत
सोमबार, साउन ११, २०७८
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नु पर्ने बताए । नेपाली काँग्रेस गुल्मीले सोमबार बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्नु पर्ने बताएका हुन् ।
माधव समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने : नेता ज्ञवाली
सोमबार, साउन ११, २०७८
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले माधव नेपाल समूह पार्टी एकता गर्न नआए अब कुरेर नबस्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशाअनुसार नै पार्टी एकता हुने र एकहप्ता भित्र पनि माधव कमरेड लगायतका साथीहरु तत्काल नआएमा कुरेर नबस्ने बताए ।

‘माधव समूहका गल्ती हेर्दा पानी खाने ठाउँ समेत छैन’
आइतबार, साउन १०, २०७८
नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले माधव समूहका गल्तीहरु हेर्दा पानी खाने ठाउँ समेत नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

काँग्रेसको तल्ला तहका सबै अधिवेशन स्थगित
शनिबार, साउन ९, २०७८
नेपाली काँग्रेसको साउन १२ गते हुने भनिएको तल्ता तहका सबै अधिवेशन स्थगित भएका छन् ।

गुल्मीमा पनि काँग्रेसले मनायो वी.पी. स्मृति दिवस
बुधबार, साउन ६, २०७८
नेपाली कांग्रेस गुल्मीले वी.पी. स्मृति दिवस मनाएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा जिल्लास्थित पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

आज वी.पी. स्मृति दिवस मनाइँदै
बुधबार, साउन ६, २०७८
प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइदैछ । नेता कोइरालाको योगदानको स्मरण गर्दै मनाइँदै छ ।

मुख्यमन्त्री शंकर पोखरेल अब पनि पदमा बस्न सुहाउँदैन : बराल
सोमबार, साउन ४, २०७८
म्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएपछि पदमा रहन नमिल्ने बताएका छन् ।

विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान
आइतबार, साउन ३, २०७८
नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।

गुल्मी काँग्रेसले गर्यो अध्यक्ष थापाको अन्तिम विदाई
शुक्रबार, साउन १, २०७८
नेपाली काँग्रेस गुल्मीले गुल्मीदरबार गाउँपालिका अध्यक्षतथा नेपाली काँंग्रेस गुल्मी क्षेत्र नं.–१ का क्षेत्रीय सभापति अशोक कुमार थापाको अन्तिम विदाई गरेको छ । काँग्रेसले बिहीबार उपचारको क्रममा काठमाडौंमा निधन भएका थापाको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलीसँगै विदाई गरेको हो ।

देउवा बने पाँचौं पटक प्रधानमन्त्री
बुधबार, असार ३०, २०७८
नेपाली कँंग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।