प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना
शुक्रबार, साउन ३०, २०७७
विपद्का बेला गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी
शुक्रबार, साउन ३०, २०७७
जिल्लमा विपद्को समयमा उद्दार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विरभद्रजंग गुल्म गुल्मीले विपद् पूर्व तयारी स्वरुप प्राकृतिक विपत्ति अन्तर्गत भुकम्प, बाढी पहिरो, आगालागी, सडक दुर्घटना जस्ता विपद्का विषयमा खोज तथा उद्दार पूर्व तयारी स्वरुप विपद जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास...
प्रदेश पाँच : समुदायमा बढ्दै कोरोना संक्रमण
शुक्रबार, साउन ३०, २०७७
प्रदेश पाँचका विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ संक्रमण बढ्दै गएको छ । रुपन्देहीमा पाँच जना संक्रमित थपिएका छन् ।
तानसेनकी एक गृहणीमा कोरोना पुष्टि,वडा शिल गर्ने तयारी
बिहीबार, साउन २९, २०७७
तानसेनमा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।
पाल्पामा थप एक जनामा कोरोना पुष्टि
बिहीबार, साउन २९, २०७७
जिल्लामा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेनका एक जना महिलामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु
बिहीबार, साउन २९, २०७७
नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’
बिहीबार, साउन २९, २०७७
बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति मृत्यु भएका कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का २५ वर्षीय प्रदीप तेलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
आजदेखि सबै सवारी पास बन्द
बिहीबार, साउन २९, २०७७
सबै जिल्लाबाट सवारी पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको अन्तरजिल्ला सवारी पास गृह मन्त्रालयले रोक्न निर्देशन दिएसँगै आजदेखि पास वितरण कार्य बन्द भएको हो । बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले बिहीबारदेखि नै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो ।
प्रतितोला चौबीस सयले बढ्यो सुन
बिहीबार, साउन २९, २०७७
नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला छ हजार २ सयले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४ सयले बढेको छ ।
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
बुधबार, साउन २८, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँ ३ छचुवामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । रैनादेविछहरा ३ छचुवाका गन बहादुर कुमाललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुधबार, साउन २८, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।
भारतमा फसेकी युवतीको उद्दार
बुधबार, साउन २८, २०७७
एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्दारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।
मंगलबार थपिए ६ सय ३८ नयाँ संक्रमित, चारको मृत्यु
मंगलबार, साउन २७, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६ सय ३८ नयाँ संक्रमित देखिएका हुन् ।


