जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ
आइतबार, जेठ १८, २०७७
पूर्वअर्थमन्त्रीद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री
आइतबार, जेठ १८, २०७७
पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्देहीका पत्रकारका लागि सुरक्षा सामग्री उपलब्ध गराएका छन् । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासंघ रुपन्देहीलाई हस्तान्तरण गरिएको छ ।
गुल्मीमा क्वारेन्टाईनमा बसेका व्यक्तिद्वारा आत्महत्या
आइतबार, जेठ १८, २०७७
जिल्लामा क्वारेन्टाईनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा सोही वडाकै ५६ वर्षिय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
रिब्दीकोट गाउँपालिकाद्वारा उपभोक्ताको घर–घरमा तरकारी
शनिबार, जेठ १७, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकाले कृषकले उत्पादन गरेका तरकारी उपभोक्ताको घर–घर सम्म पुुर्याउने काम गरेको छ । लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै गाउँपालिकाले कृषि एम्बुलेन्समार्फत उपभोक्ताको घरमै तरकारी पुुर्याएको हो ।
नेपालमा संक्रमितको संख्या एक हजार चार सय एक पुग्यो
शनिबार, जेठ १७, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । शनिबार यो समाचार तयार पार्दा सम्ममा एकै दिन १ सय ८९ जनामा देखिएपछि संक्रमितको संख्या एक हजार चार सय एक पुगेको हो ।
पाल्पाका स्थानीय तहका स्वास्थ्य संस्थालाई सामग्री
शनिबार, जेठ १७, २०७७
परिवार नियोजन तथा सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आई पास नेपालले जिल्लाका १० वटा स्थानीय तहका अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य चौकीहरुमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । नेपालले स्वास्थ्यकर्मीले लगाउने पिपिइ, माक्स, सेनेटाईजर, थर्मल गन लगायतका सामग्रीहरु जिल्लाका सरकारी स्वास्थ्य संस्थालाई वितरण गरेको हो ।
रुकुम घटनाको विरोधमा रामपुरमा प्रदर्शन सहित विरोध सभा
शनिबार, जेठ १७, २०७७
देशैभर रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा घटेको जातिय विभेद र हिंसात्मक घटनाको विरोध भैरहेका बेला शनिबार जिल्लाको रामपुरमा पनि प्रदर्शन सहित शान्ति पूर्ण विरोध सभा भएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै दलित समन्वय समिति रामपुरले विरोध सभा गरेको हो । जाजरकोट भेरी नगरपालिका ४...
रणउजिरेश्वरी लायन्स क्लवले दियो विपन्नलाई खाद्यन्न र विरामीलाई औषधी
शुक्रबार, जेठ १६, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लवले पनि लकडाउनका बेला प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका नागरिकलाई खाद्यान्न र दिर्घरोगीहरुका लागि निःशुल्क औषधी सहयोग गरेको छ ।
बगनासकाली १ का कृषकलाई अनुदानमा मौरी घार
शुक्रबार, जेठ १६, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका वडा १ चिर्तुङ्गधाराका मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार वितरण गरिएको छ । वडाले आ.व. २०७६/०७७ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वडाका ५४ जना कृषकहरुलाई मौरी घार वितरण गरेको हो ।
तानसेन बतासेडाँडाको क्वारेन्टाईन अव्यवस्थित, सांसद रानाले गरे अनुगमन
शुक्रबार, जेठ १६, २०७७
बाहिरबाट आएका नागरिकहरुलाई राख्नका लागि तानसेन बतासेडाँडामा निर्माण गरिएको क्वारेन्टाईन अव्यवस्थित रहेको पाइएको छ । प्रदेश सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले स्थानीय वासिन्दा र स्वंयम क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको गुनासाको आधारमा त्यहाँको स्थलगत अनुगमन गर्ने क्रममा कोरेन्टाईन अव्यवस्थित रहेको पाईएको हो ।
पाल्पामा जवरजस्ती करणीको अभियोगमा तीन जना युवा पक्राउ
शुक्रबार, जेठ १६, २०७७
मानसिक रुपमा समस्या भएर घुम्दै हिडेकी १६ बर्षिया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्लामा तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिकाका तीन जना युवालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको छ ।
तानसेन ७ मा लकडाउनका बेला परियोजना कार्यबाटै पठन–पाठन
शुक्रबार, जेठ १६, २०७७
बन्दाबन्दिका बेला पठन पाठनमा परेको समस्यालाई न्यूनिकरण गर्न तानसेन नगरपालिका वडा ७ ले पनि परियोजना कार्यमार्फत एकान्तवासबाटै पठन पाठन कार्य सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाईलाई आधुनिक र व्यवहारिक बनाउदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन वडाले परियोजना कार्य मार्फत पठनपाठन सञ्चालन गरेको हो ।
बन्दाबन्दीका बेला पढ्दै पढाउँदै बालबालिका
शुक्रबार, जेठ १६, २०७७
बन्दाबन्दी नभएको भए विद्यालयहरुमा शैक्षिक सत्र २०७७ को भर्ना अभियान सकिएर धमाधम अध्ययन अध्यापन भइरहेको हुन्थ्यो । तर विश्व माहामारीको रुपमा फैलिएको कोभिड १९ का कारण चैत्र ११ देखि देश लकडाउनमा रहेकाले गत वर्षको वार्षिक परीक्षा नतिजा समेत राम्ररी हेर्न नपाएका विद्यार्थीहरु घरमै बस्न बाध्य छन् ।


