Shittalpati
नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक
नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक नेपाल–क्यानाडा परामर्श संयन्त्रको दोस्रो बैठक द्विपक्षीय व्यापार, लगानी, शैक्षिक तथा सांस्कृतिक सहयोग प्रवद्र्धन गर्ने सहमतिका साथ सम्पन्न भएको छ । अप्रत्यक्षरुपमा शुक्रबार साँझ भएको उक्त बैठकमा दुई वर्षअघि ओटावामा सम्पन्न संयन्त्रको पहिलो बैठकका निर्णयको समीक्षाका साथै पारस्परिक पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्ध विकासलगायत विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...
तरकारी खेतीमा महिलाको सक्रियता
तरकारी खेतीमा महिलाको सक्रियता व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिला समेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल
जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग शुक्रबार छलफल गरेका छन् ।
पाल्पामा कोरोना संक्रमणबाट ४४ वर्षिय पुरुषको मृत्यु
पाल्पामा कोरोना संक्रमणबाट ४४ वर्षिय पुरुषको मृत्यु तिनाउ गाउँपालिका ६ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिए ।
जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पुरूष पक्राउ परेका छन् । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपाली करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो
नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३ सय संक्रमित भएका अवस्थामा चार करोड ८० लाख...
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए...
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका –६ का ८७ वर्षीय संक्रमित पुरुषको बिहीबार दिउँसो २ बजे घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण
बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण कृषकहरुद्वारा उत्पादित कृषिजन्य उत्पादनहरुले उचित मूल्य नपाएको गुनासो आइरहेका बेला गुल्मीमा मकै बिउको मूल्य निर्धारण भएको छ । जिल्लाभर मकै बिउको समान मूल्य कायम गर्न तथा बिउको बजारीकरणमा सहजता ल्याउनका लागि जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले मकै बिउको जिल्ला दररेट कायम गरेको छ ।
७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी
७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी नेपालको कूल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसंख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ ।
अमेरिकी नागरिक थम्सनको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर
अमेरिकी नागरिक थम्सनको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर जिल्लाको बगनासकाली गाउँपालिका वडा ७, खानीगाउँ रामबगैचाका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । अमेरिकी ६८ वर्षीय नागरिक पउल थम्सनको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो स्वीटर वितरण गरिएको हो ।
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार बिना स्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सो क्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको छ ।
Weather Update