गुल्मीमा कोरोनाका कारण १३ जनाको मृत्यु
मंगलबार, मंसिर ३०, २०७७
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल
मंगलबार, मंसिर ३०, २०७७
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए ।
बञ्जिजम्प पुल
मंगलबार, मंसिर ३०, २०७७
बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदी माथि हालै सञ्चालनमा आएको विश्वकै दोस्रो आग्लो बञ्जिजम्प पुल । उक्त पुल २ सय २८ मिटर अग्लो र ५ सय २५ मिटर लामो रहेको छ ।
नेपाल परिवार नियोजन संघद्वारा सामाजिक परीक्षण
मंगलबार, मंसिर ३०, २०७७
नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परीक्षण भएको छ । माथागढी गाउँपालिका वडा ३ सराईमा एक कार्यक्रमका बिच नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परीक्षण भएको हो ।
अपाङ्गता बालबालिकालाई वैकल्पिक शिक्षा दिन निकै गाह्रो
मंगलबार, मंसिर ३०, २०७७
अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो ।
नेपाली काँग्रेस पाल्पा र गुल्मीले गर्यो विरोध प्रदर्शन
मंगलबार, मंसिर ३०, २०७७
नेपाली काँग्रेस पाल्पा र गुल्मीले विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो ...
नेपाली काँग्रेस गुल्मीले पनि गर्यो वृहत विरोध प्रदर्शन
सोमबार, मंसिर २९, २०७७
गुल्मीको तम्घासमा पनि वर्तमान सरकारको सर्वसक्तावाद विरुद्ध नेपाली काँग्रेस गुल्मीले वृहत विरोध प्रर्दशन गरेको छ । विरोध सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवन परियारले काँग्रेस अब चुप लागेर नबस्ने बताए ।
नेपाली काँग्रेस पाल्पाले गर्यो विरोध प्रदर्शन
सोमबार, मंसिर २९, २०७७
नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो ।
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु
सोमबार, मंसिर २९, २०७७
पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा १३ की ६६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव
सोमबार, मंसिर २९, २०७७
अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो ।
बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी
सोमबार, मंसिर २९, २०७७
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी मौन स्नान गरी मनाइएको छ । आज बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो ।
सुत्केरीलाई कुखुरा
सोमबार, मंसिर २९, २०७७
सुत्करीलाई स्वास्थ्य संस्थामा पुर्याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।
भाषा शिक्षकहरुलाई अनलाइन अभिमुखीकरण तालिम
आइतबार, मंसिर २८, २०७७
भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अनलाइन अभिमुखीकरण तालिम भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि ६ दिने अनलाइन अभिमुखीकरण तालिम भएको हो ।


