बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
शुक्रबार, माघ ९, २०७७
रिब्दीकोटमा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु
शुक्रबार, माघ ९, २०७७
पाल्पाको रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडामा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु भएको छ । बिहीबार रातिको समयमा साथीहरुसँग सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा जाँदा भरुवा बन्दुकको छर्राले लागेर रिब्दीकोट गाउँपालिका वडा ८ का १३ वर्षीय बालक लक्ष्मण छहारीको मृत्यु भएको हो ।
नेपालमा थप ३ सय ३६ जनामा कोरोना
बिहीबार, माघ ८, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई अनुदान
बिहीबार, माघ ८, २०७७
तिलोत्तमा नगरपालिकाले दूग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत दूग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो ।
आइपुग्यो कोरोना विरुद्धका खोप
बिहीबार, माघ ८, २०७७
कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे ।
दुग्ध उत्पादनका आधारमा अनुदानः किसान उत्साहित
बिहीबार, माघ ८, २०७७
दूध उत्पादनमा आत्मानिर्भर बागलुङका किसानले सहकारी र समूहमा आवद्ध भएर दूधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दूधको उत्पादन बढाउने र किसानलाई थप व्यावसायिक र अत्मानिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्न थालेको छ ।
पाल्पाको कोरोना अपडेट, संक्रमित भन्दा निको हुने बढ्दै
बिहीबार, माघ ८, २०७७
पछिल्लो समय जिल्लामा संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेहरूको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा कोरोनाबाट ३८ जना व्यक्ति निको भएका छन् भने २१ जना संक्रमित थपिएका छन् ।
पाल्पामा थप ३८ जनाले कोरोना जिते, २१ जनामा संक्रमण
बुधबार, माघ ७, २०७७
पाल्पामा थप ३८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत माघ ४ गतेदेखि माघ ७ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३८ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार बुधबार तानसेन नगरपालिका भित्रका २० जना संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्य स्वयंसेविकाले गरे सुविधा नपाएको गुनासो
बुधबार, माघ ७, २०७७
काम गरे अनुसारको सेवासुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७७/०७८ को पुससम्म कुनै पनि सुविधा नपाएको उनीहरुको गुनासो छ । काम अनुसारको सुविधा नभएपछि भोकभोकै काम गर्न बाध्य भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गकी स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले दुखेसो सुनाइन् ।
‘रोग पालेर होइन, फालेर बाँचौं’
मंगलबार, माघ ६, २०७७
‘रोग पालेर होइन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
८० वर्षमा नागरिकता !
मंगलबार, माघ ६, २०७७
अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।
नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि
मंगलबार, माघ ६, २०७७
नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो ।
पाल्पादेखि नवलपरासीसम्म चल्ने टिपरलाई ‘टाइम कार्ड’
सोमबार, माघ ५, २०७७
पाल्पादेखि नवरलपरासीसम्म चल्ने टिपरलाई टाइम कार्ड लागु गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टिपरको बढ्दो आतंक रोक्न सोमबारबाट टिपरमा ‘टाइम कार्ड’ सिस्टम लागू गरेको हो ।


