Shittalpati
शिक्षकलाई खोप लगाउने तयारी
शिक्षकलाई खोप लगाउने तयारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो ।
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले जानकारी दिए ।
सधैँ सडकमा भेटिने श्रमिक कुर्चीमा !
सधैँ सडकमा भेटिने श्रमिक कुर्चीमा ! प्रायःजसो तानसेनका सडकहरुमा हातमा नाम्लो र बोरा लिएर व्यापारीहरुको सामान ओसार–पोसार गर्ने काममै व्यस्त देखिने बगनासकाली गाउँपालिका घोरबन्दका दिपेन कुमाल सोमबार एक औपचारिक कार्यक्रममा देखिन्थे । उनी कुनै कामका लागि त्यहाँ गएका होइनन् । कुमाल कार्यक्रम भएकै मञ्च अघिको एक कुर्चीमा देखिन्थे । सधैँ नाम्लो नछुट्ने उनको टाउकोमा नयाँ ढाका...
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाले गर्‍यो श्रमिकहरुलाई सम्मान
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाले गर्‍यो श्रमिकहरुलाई सम्मान सुशिल कोईराला सोसलिष्ट युर्थ सर्कल पाल्पामा सडकमा मजदुरी गरी जिविकोपार्जन गर्दै आएका मजदुरहरुलाई सम्मान गर्दै एक छाक निःशुल्क भोजन गराएको छ । नेपाली काँग्रेसका पूर्व सभापती एवं पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठो स्मृती दिवसको अवसरमा सोसलिष्ट युथ सर्कल पाल्पाले तानसेनमा ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई एक कार्यक्रम गरी सम्मान गरेको हो...
दोस्रो चरणको कोरोना विरुद्ध खोप अभियान शुरु
दोस्रो चरणको कोरोना विरुद्ध खोप अभियान शुरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान सोमबारदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले सोमबारदेखि दोस्रो चरणको खोप शुरु गरेको हो ।
सात जुवाडे पक्राउ
सात जुवाडे पक्राउ तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल,...
पाल्पामा फर्निचर उद्योगमा आगोलागी
पाल्पामा फर्निचर उद्योगमा आगोलागी जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ मा रहेको एक फर्निचर उद्योगमा आगोलागी भएको छ । सोमबार (आज) विहान युवराज रजालीको १ तले जस्ता पाताको छानो भएको फर्निचर उद्योगमा आगोलागी भएको हो ।
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा केही समय अघि महिला सिडियो (प्रमुख जिल्ला अधिकारी)का रुपमा गुल्मी आएकी रुद्रादेवी शर्मा न्यानो कपडा लिएर वृद्धाश्रम पुगेकी छन् । जिल्लामा अत्याधिक चिसो बढेपछि जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका नागरिकहरुलाई चिसोबाट बचाउन प्रजिअ शर्मा न्यानो कपडा लिएर आश्रममा पुगेकी हुन् ।
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो माथागढी गाउँ सरकारले पशुसेवा समन्वय इकाईका लागि छुट्याएका कार्यक्रम तथा योजना मध्ये दुई वटा कार्यक्रम सकिएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छुट्याएका ८ वटा कार्यक्रम तथा योजनाहरु मध्ये ६ महिनाको अवधिमा दुई वटा कार्यक्रमहरु मात्र सकिएको हो ।
गुल्मीमा १७ सय बढीले लगाए कोरोना विरुद्धको खोप
गुल्मीमा १७ सय बढीले लगाए कोरोना विरुद्धको खोप गुल्मीमा पहिलो चरणमा एक हजार सात सय भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरण अन्तर्गत १ हजार ८ सय ८१ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा १ हजार ७ सय ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।
Weather Update