धुलोमा बसेर पढ्छन् बालबालिका
बिहीबार, माघ २२, २०७७
झडेवाका कृषकलाई कृषि सामग्री र बिउ
बिहीबार, माघ २२, २०७७
गरिबसँग विश्वेश्वर कार्यक्रम माथागढी ४, झडेवाको सहयोग र माथागढी गाँउपालिकाको आयोजनामा कृषकहरुलाई उक्त विउ विजन र सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक कार्यालय पाल्पाको आग्रह
बुधबार, माघ २१, २०७७
सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ । सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै तत्काल त्यस्ता संरचना हटाउन सडक कार्यालयले सम्बन्धित व्यक्तिलाई आग्रह गरेको हो ।
पाल्पामा काठ चोरी निकासी बढ्दो, काठ तस्करहरु वन कार्यालयको निसानामा
बुधबार, माघ २१, २०७७
पछिल्लो समय पाल्पामा अवैध सालको काठ चोरी निकासी बढ्दै गएको छ । बजारमा काठको माग अत्याधिक बढ्दै गएपछि अवैध काठको चोरी निकासी बढेको हो । वन क्षेत्रमा काठ चोरी निकासी बढेसँगै डिभिजन वन कार्यालय पाल्पाले गस्तीलाई तीव्रता दिएको छ । तस्करको निसानामा चुरे र सिमा नाका क्षेत्रका वनहरु पर्दै गएपछि...
भोलि आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहको घोषणा
बुधबार, माघ २१, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) देशव्यापी आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार पाल्पा सहित देशव्यपापी रुपमा हड्तालको घोषणा गरेको हो ।
निर्वाचनका लागि बजेटको कुुनै अभाव हुने छैन : अर्थमन्त्री पौडेल
बुधबार, माघ २१, २०७७
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ ।
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु
बुधबार, माघ २१, २०७७
देशभर थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ७१ जना कोरोना संक्रमित पुष्टि भएसँगै एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
वर्षा र हिमपातको सम्भावना
मंगलबार, माघ २०, २०७७
आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।
बुटवलका सबै वडामा सहजीकरण समिति
मंगलबार, माघ २०, २०७७
भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् । उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल शुरु भएको प्रमुख शिवराज सुवेदीले बताए ।
आज विश्व सिमसार दिवस मनाइदै
मंगलबार, माघ २०, २०७७
प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार र पानी’ भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाउन लागिएको हो । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि यो दिवस मनाउन थालिएको पाइन्छ ।
तानसेन ४ का वडा अध्यक्ष शाक्यको निधन
सोमबार, माघ १९, २०७७
तानसेन नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यको निधन भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष शाक्यको सोमबार निधन भएको हो ।
पाल्पा र गुल्मीमा पनि संसद विघटनविरुद्ध प्रदर्शन
सोमबार, माघ १९, २०७७
केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक भएर गरेको संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । काँग्रेसका १३ वटै भ्रातृसंस्थाले विरोध प्रदर्शन गरेका हुन् ।


