नक्कली नोट सहित पक्राउ
मंगलबार, पुस २६, २०७९
न्यूनतम पारिश्रमिक बिना पत्रकारिता गुणस्तरीय बन्न सक्दैन : अध्यक्ष खड्का
मंगलबार, पुस २६, २०७९
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको न्यूनतम पारिश्रमिक नभएसम्म पत्रकारिता गुणस्तरीय बन्न नसक्ने बताएकी छन् । सोमबार तानसेनमा आयोजना गरिएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
न्यूनतम साझा कार्यक्रम सार्वजनिक
मंगलबार, पुस २६, २०७९
सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सरकारले सोमबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।
पाल्पाबाट सवारीचालक अनुमतिपत्रको सेवा सुरू
सोमबार, पुस २५, २०७९
पाल्पाबाट दुईपांग्रे सवारी साधनको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा सुरु भएको छ । पहाडी जिल्लामै पहिलो पटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा सुरु गरेको हो ।
प्रधानमन्त्री दाहालले मंगलबार विश्वासको मत लिदैं
सोमबार, पुस २५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा पुग्यो जहाज, छायो गुल्मेली नागरिकमा खुसीयाली
सोमबार, पुस २५, २०७९
गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज पुगेको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको नाइन एन–एएलओ ट्वीनअटर जहाज त्यहाँ पुगेको हो ।
अवैध संरचना हटाउँदै चन्द्रकोट
सोमबार, पुस २५, २०७९
गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज सफल अवतरण
आइतबार, पुस २४, २०७९
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ ट्वीनअटर जहाजले सफल डेमोस्ट्रेसने उडान गरेको हो ।
रेसुङ्गा विमानस्थलमा परीक्षण उडान
आइतबार, पुस २४, २०७९
गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो ।
राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै
आइतबार, पुस २४, २०७९
केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए ।
जिल्ला समन्वय समिति महासंघ लुम्बिनीको अध्यक्षमा खत्री
शनिबार, पुस २३, २०७९
जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका द्रोणबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् ।
सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली
शनिबार, पुस २३, २०७९
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताए । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले भने‘ राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने छ’। “यो सरकारलाई सफल...
खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन
शनिबार, पुस २३, २०७९
मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीय तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरुको भनाइ छ ।


