Shittalpati
लुम्बिनीमा मन्त्रालय घटाइयो
लुम्बिनीमा मन्त्रालय घटाइयो लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । यहाँ १३ वटा मन्त्रालय रहेकोमा एक मन्त्रालय घटाएर १२ पु¥याइएको हो ।
रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ
रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ जिल्लाको रिब्दीकोट गाउँपालिकामा आमालाई काट्ने भनि धम्की दिने छोरा पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका– ३ की चित्र कुमारी दर्लामीलाई काट्ने धम्की दिएका उनकै छोरा २४ वर्षीय हिराबहादुर दर्लामी पक्राउ परेका हुन् ।
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ जिल्लाको तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ परेकी छन् । तानसेन नगरपालिका –७ का ३० वर्षीय शेरजंग थापालाई धारिलो हतियार चक्कु प्रहार गर्ने उनकै श्रीमति प्रियंका थापा पक्राउ परेकी हुन् ।
घाइतेहरुको अवस्था बुुझ्न अस्पतालमा काँग्रेस सभापति श्रेष्ठ
घाइतेहरुको अवस्था बुुझ्न अस्पतालमा काँग्रेस सभापति श्रेष्ठ पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा भएको बस दुर्घटनाका घाइतेहरुको अवस्था बुुझ्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, जिल्ला सचिव सुुनिता अधिकारी, पार्टी प्रवक्ता शोभाखर न्यौपाने लगायतका नेताहरु ।
खोप लगाउन मन्त्रालयको आग्रह
खोप लगाउन मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको...
पाल्पामा पनि मनाइयो ३०१ औं पृथ्वी जयन्ती
पाल्पामा पनि मनाइयो ३०१ औं पृथ्वी जयन्ती पाल्पा लगायत देशभर ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।
बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान
बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही...।’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उनको खुसीको सीमा छैन । छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागिएको हो ।
विद्यालयको गुणस्तरीय सुधार अभियानमा वडा कार्यालय
विद्यालयको गुणस्तरीय सुधार अभियानमा वडा कार्यालय रैनादेवी छहरा गाउँपालिका वडा ३ भुवनपोखरी वडा कार्यालयले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि ५ वर्षे अभियान सुरु गरेको छ । वडा कार्यालयले वडा अध्यक्षको अध्यक्षतामा वडा शिक्षा समिति गठन गरेर विद्यालय शिक्षा सुधार अभियानमा जुटेको हो ।
सभामुखको निर्वाचन आगामी माघ ५ मा
सभामुखको निर्वाचन आगामी माघ ५ मा प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए । उनले सभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन् ।
प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २ सय ६८ मत
प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २ सय ६८ मत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई ६८ र विपक्षमा दुई मत परेको थियो ।
Weather Update