आजदेखि इ–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु
शुक्रबार, माघ २६, २०८०
नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता
शुक्रबार, माघ २६, २०८०
नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
बेसहाराको सहारा बन्दै ‘अभियान नेपाल’
शुक्रबार, माघ २६, २०८०
तानसेनमा रहेको अभियान नेपाल बेसहारा परिवारको सहारा बन्दै गएको छ । सडकमा बेवारिसे अवस्थामा भेटिएका हुन् वा बाबु आमा नभएका बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्ति नै किन नहुन् उनीहरुको उद्दार र व्यवस्थापनमा अभियान नेपाल विगत २१ वर्षदेखि सहारा बन्दै आएको हो ।
स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा
शुक्रबार, माघ २६, २०८०
स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माण सम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो ।
पाल्पाको रिमिघा लेकमा काँग्रेस महासमिति बैंठक बस्दै
बिहीबार, माघ २५, २०८०
जिल्लाको रम्भा गाउँपालिका २ र ३ स्थित रिमिघा लेकमा नेपाली काँग्रेस पाल्पाको महासमिति बैंठक बस्ने भएको छ । काँग्रेसले संविधान निर्माता, पूर्वप्रधानमन्त्री शुसिल कोइरालाको ८ औं स्मृति दिवसको अवसर पारेर शुक्रबार (भोलि) रिमिघामा अवधारण पत्र तयारी महासमिति बैंठक राखेको हो ।
गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा
बिहीबार, माघ २५, २०८०
जिल्लाको रुरु क्षेत्र गाउँपालिका–२ ग्वादीका ८१ वर्षीय चन्द्रमणी बराल बिहीबार गुलेली र मटेंग्रा पाएपछि खुसी देखिन्थे । गाउँमा बाँदर आतंक बढेपछि नेपाली काँग्रेस गुल्मीले ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम टोल’, अभियान अन्तर्गत समुदायमा काँग्रेस अभियानको क्रममा गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेपछि बराल उत्साहित भएका हुन् ।
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा
बिहीबार, माघ २५, २०८०
विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ । मञ्च अन्तर्गतको नेपाल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा सम्मेलन हुने जनाइएको हो ।
बसको ठक्करबाट युवकको मृत्यु
बिहीबार, माघ २५, २०८०
धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।
प्रतिनिधि सभा बैठक : समसामयिक विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
बिहीबार, माघ २५, २०८०
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषय, विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पुँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सहाराविहीनहरुको लागि नयाँ जीवन प्रदान गर्दै पाल्पाको अभियान नेपाल
बुधबार, माघ २४, २०८०
सहाराविहीन अवस्थामा रहेका बालबालिका र बेसहारा एवं मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई अभियान नेपाल पाल्पाले नयाँ जीवन प्रदान गर्दै आएको छ ।
सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन सकेन : एमाले नेता पोखरेल
बुधबार, माघ २४, २०८०
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन नसकेको बताएका छन् । बुधबार तानसेनमा आयोजित पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्छ’
बुधबार, माघ २४, २०८०
नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रताप राणाले स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ पाल्पाको २३ औं वाार्षिक साधारणसभालाई तानसेनमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका राणाले स्वास्थ्य जस्तो संवदेशील विषयमा स्वयंसेवक भावना राख्नुपर्ने बताएका हुन् ।
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा
बुधबार, माघ २४, २०८०
बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।


