Shittalpati
रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द
रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
आज विश्व मुख स्वास्थ्य दिवस
आज विश्व मुख स्वास्थ्य दिवस आज विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष ‘एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।
किसानलाई पशु बिमा गर्न कठिन
किसानलाई पशु बिमा गर्न कठिन स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गतका किसानले पशु बिमा गर्न समस्या हुने गरेको बताएका छन् । वालिङ–११ स्वरेक पृतिपका कृषक राजु पङ्गेनीले बाख्राको बिमा गर्न निकै कठिन भएको गुनासो गरे ।
आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै छ । हरेक वर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवसको रुपमा मनाइने गरिएको छ । नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।
सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक
सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो ।
पचहत्तर जना असल बुहारी सम्मानित
पचहत्तर जना असल बुहारी सम्मानित सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकालाई ती बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ
एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।  
निसीखोला बस दुर्घटनामा नौ जनाको मृत्यु, २८ घाइते
निसीखोला बस दुर्घटनामा नौ जनाको मृत्यु, २८ घाइते बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
चिच्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वाधार
चिच्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वाधार एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ ।
तानसेन–रानीमहल सडक सञ्चालनमा आयो
तानसेन–रानीमहल सडक सञ्चालनमा आयो पाल्पाको प्रमुख पर्यटकीय स्थल तानसेन–रानीमहल सडक सञ्चालनमा आएको छ । सडक मर्मतका लागि ४८ दिनसम्म बन्द गरिएको सडक  सोमबारदेखि सञ्चालनमा आएको हो ।
रेसुङ्गा गुल्मी जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजन
रेसुङ्गा गुल्मी जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजन रेसुङ्गा गुल्मी जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक तम्घासमा बसेको छ । जेसी पूण्य सुवेदीको नेतृत्वमा नयाँ समितिले पदभार ग्रहण गरेसँगै पहिलो बैंठक बसेको हो ।
पूर्वसभामुख महरा पक्राउ
पूर्वसभामुख महरा पक्राउ पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
Weather Update