Shittalpati
पार्टी, संगठनमा जेनजीको भावनाको कदर हुनुपर्नेमा जोड
पार्टी, संगठनमा जेनजीको भावनाको कदर हुनुपर्नेमा जोड पार्टी, संगठनहरुमा जेनजीको भावनाको कदर हुनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस चौतारी नेपाल पाल्पा शाखाले आयोजना गरेको अन्तक्र्रिया तथा दसैको शुभकामना आदानप्रदानका सहभागीहरुले यस्तो बताएका हुन् ।
दसैंको मुखमा छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु
दसैंको मुखमा छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु दसैं मुखैमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र अन्य कारणले ६ जनाको ज्यान गएको हो ।
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै नवरात्रीको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी...
जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग सहकार्य गर्छु :  प्रहरी उपरीक्षक थारु  
जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग सहकार्य गर्छु : प्रहरी उपरीक्षक थारु   जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जिल्लाको शान्ति शुरक्षा कायम गर्न सबै पक्षसँग समन्वय, सहकार्य गरेर काम गर्ने बताएका छन् । काठमाडौंबाट सरुवा भई पाल्पा आएका उनले  मंगलबार पाल्पाली पत्रकारहरुसँगको अन्तक्र्रियामा यस्तो बताएका हुन् ।
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ बडादसैँ र तिहारलगायतका चाडपर्वहरू नजिकिएसँगै जिल्लामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडबाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य स्थान तासेनस्थित बसपार्कमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।
मन्त्रिपरिषद् विस्तार  : चार मन्त्रीको शपथ
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराएका हुन् ।
पाल्पाका भगवती मन्दिरहरुमा भक्तजनहरुको  भिड
पाल्पाका भगवती मन्दिरहरुमा भक्तजनहरुको भिड बडा दशैंको पहिलो दिन घटस्थापनामा पाल्पाका विभिन्न शक्तिपिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा देवीको दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् । पाल्पालीहरुले शुभ साईतमा घर–घर, देवीका मठमन्दिरहरुमा घटस्थापना गरेका छन् ।
Weather Update