Shittalpati
अवैध लागूऔषध सहित चार जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔष सहित चार जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवन र कञ्चनपुरका विभिन्न स्थानबाट लागू औषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो। 

चितवनको राप्ती नगरपालिका–५ बाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ४ सय ७० ग्राम सहित सोही नगरपालिका–११ बस्ने ६५ वर्षीय मान बहादुर तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले शिखर डाँडाबाट भण्डारातर्फ आउँदै गरेको ग.१ ख ७४४४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुरको कृष्णपुरनगरपालिका–५ पवित्राबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–५ पबित्राबस्ती बस्ने २३ वर्षीय रोशनचौधरी, कैलाली गोदावरी नगरपालिका–३ बस्ने २८ वर्षीय राजेश ताम्रकार र २० वर्षीय राहुल ताम्रकार रहेका छन् । अस्थायी प्रहरी पोष्ट गजरौला र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update