विश्व

दुर्घटनामा एक जनाको मृत्यु

Shittalpati Reporter

रुपन्देही, भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । –रासस


प्रकाशित मिति: शुक्रवार, पुष ३०, २०७८, ०४:१६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेपाली छड भारत निर्यात शुक्रवार, पुष ३०, २०७८, ०४:१६:००
आजदेखि मनुसन थप सक्रिय हुने शुक्रवार, पुष ३०, २०७८, ०४:१६:००
सरकारले तोक्यो शिक्षकको नयाँ पोशाक शुक्रवार, पुष ३०, २०७८, ०४:१६:००