देउवा हिँडे शपथका लागि शीतल निवास
मंगलबार, असार २९, २०७८

शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त
मंगलबार, असार २९, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

महाधिवेशनको तयारी छोडेर पहिरो पीडितका घरदैलोमा पाल्पा काँग्रेस
शनिबार, असार २६, २०७८
मुलुकको सबै भन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेस आसन्न १४औँ महाधिवेशनको मिति नजिकिदै जादा तयारीमा जुटेको छ । गाउँ, नगर, वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा आगामी नेतृत्वका लागि काँग्रेसका नेता र नेतृत्व जुटेका छन् । देशभरका स्थानीयतहदेखि प्रदेश, जिल्ला र केन्द्रसम्मका सबै क्षेत्रमा महाधिवेशनको तयारीमा काँग्रेसको नेतृत्व...

महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला
सोमबार, असार २१, २०७८
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा काँग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन् ।

गुल्मीका दलित अधिकारकर्मीले मागे शिक्षा मन्त्रीको राजीनामा
शनिबार, असार १२, २०७८
सरकारका मन्त्रीले नै शक्तिको दुरुपयोग गरि जातीय विभेदलाई प्रश्रय दिएको भन्दै गुल्मीका दलित अधिकारकर्मीहरुले राजीनामा माग गरेका छन् । काठमाडौं बवरमहल स्थित सरस्वती प्रधानको घरमा कोठा खोज्दा सञ्चारकर्मी रुपा सुनारमाथि जातकै आधारमा गरिएको जातीय छुवाछूत तथा भेदभावको घट्ना विरुद्ध प्रहरी कार्यालयमा न्यायका उजुरी गरिएको थियो ।

नेपाली काँग्रेस मुसिकोट नगरका सभापति शाक्यको निधन
बिहीबार, असार १०, २०७८
नेपाली कांग्रेस मुसिकोट नगरापालिकाका सभापति एवं बरिष्ठ समाजसेवी ५३ वर्षीय सुदर्शन शाक्यको निधन भएको छ । गत शनिबार आफ्नै निवास वामी टक्सारमा हृदयघात भएपछि शाक्यलाई उपचारका लागि बुटवल लगिएको थियो । बुटवलको सामुदायिक अस्पतालमा उपचारथ शाक्यको बुधबार राति निधन भएको हो ।

नयाँ मन्त्रीहरुलाई कामकाजमा रोक
बुधबार, असार ९, २०७८
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलबारको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि दुई पटक विस्तार गरेको मन्त्रिपरिषद् उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कामकाज गर्न रोक लगाउने आदेश दिएको हो...

लुम्बिनी प्रदेशलाई बजेट पास गर्न सकस
आइतबार, असार ६, २०७८
जेठ ३० गते बहुमतले नीति तथा कार्यक्रम पारित गरेको लुम्बिनी प्रदेश सरकारलाई अहिले बजेट पास गर्न सकस परेको छ । विपक्षी गठबन्धनको अवरोधका कारण प्रदेश सरकारलाई बजेट पारित गर्न सकस परेको हो ।

७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन
शुक्रबार, जेठ २८, २०७८
गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।

विवेकशील साझा पार्टीका नेता थापाको निधन
मंगलबार, जेठ १८, २०७८
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना संक्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि मंगलबार अपरान्ह ४.२५ मा निधन भएको हो ।

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार विजयी
सोमबार, जेठ १७, २०७८
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङमा भएको उपनिर्वानमा काँग्रेसका उम्मेदवार पाण्डेयले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई हराउदै विजयी भएका हुन् ।

जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस
बिहीबार, जेठ १३, २०७८
नेपाली काँग्रेस पाल्पाले जनताको समस्या समाधानमा निरन्तर लागेको बताएको छ । पार्टीका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद् वीरबहादुर रानाद्वारा जारी अपिलमा कोरोना महामारीको बेला सिर्जित जनताको समस्या समाधानमा आफुरुहरु निरन्तर लागिपरेको बताइएको हो ।

पाल्पा तरुण दलले भन्यो ‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक’
बिहीबार, जेठ १३, २०७८
नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले संसद् विघटन असंंवैधानिक र अलोकतान्त्रिक भएको ठलहर गरेको छ । तरुण दलले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।