बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो
आइतबार, असोज १३, २०८१

देशभर बाढी पहिरो : ६६ को मृत्यु, दर्जनौँ बेपत्ता
आइतबार, असोज १३, २०८१
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । यो समाचार तयार पर्दासम्म देशका विभिन्न्न स्थानामा भएका विपद्का घटनाबाट ६६ जनाको मृत्यु भएको हो ।

वरिष्ठ पत्रकार कार्कीको निधन
शनिबार, असोज १२, २०८१
वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । लामो समयदेखि मधुमेह र मिर्गौलापीडित कार्कीको ७० वर्षको उमेरमा आफ्नै निवास पाल्पाको तानसेनस्थित धुर्वघाटमा निधन भएको हो ।

आज ‘विश्व रेबिज दिवस’
शनिबार, असोज १२, २०८१
आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।

वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक
शुक्रबार, असोज ११, २०८१
नेपाली लोक संगीतका नक्षत्र तथा वरिष्ठ लोकगायद्वय नारायण रायमाझी र दुर्गा रायमाझीलाई मातृ शोक परेको छ । पाल्पा माथागढी गाउँपालिका झडेवा निवासी उनीहरूकी ममतामयी माता कृष्णकुमारी रायमाझीको विहीबारराती काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो ।

पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
शुक्रबार, असोज ११, २०८१
विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमे०ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी लगाइ स्वागत गरेका हुन्।

पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने
शुक्रबार, असोज ११, २०८१
लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ । विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज दिएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’को अवधारणा कार्यान्वयन गरिने बताएका छन् ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
शुक्रबार, असोज ११, २०८१
देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुङ्गे पुल उद्घाटन
बिहीबार, असोज १०, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो ।

सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
बिहीबार, असोज १०, २०८१
हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

बगनासकालीमा सामाजिक सुरक्षा भत्ता लिन ३ हजार १ सय सूचिकृत
बिहीबार, असोज १०, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन तीन हजार एक सय बढी लाभग्राही सूचिकृत भएका छन् । गाउँपालिकामा तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका ३ हजार १ सय ४७ जना लाभग्राही सामाजिक सुरक्षा भत्ता दिन सूचिकृत भएका हुन् ।

आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै
बिहीबार, असोज १०, २०८१
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको हो । राष्ट्रसंघको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २६ का दिन...