Shittalpati
रामपुरका विपन्न परिवारलाई खाद्यन्न

पाल्पा, जिल्लाको रामपुर नगरपालिका भित्रका विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गरिएको छ । स्लामि  संघ नेपालले रामपुर नगर सरकारको समन्वयमा नगर भित्रका ५० घर परिवारलाई खाद्य सामग्री सहयोग गरेको हो ।

एक कार्यक्रमकाबीच खाद्य सामग्री वितरण गरिएको छ । रामपुर नगरपालिका वडा नं. ८ ढकाल चौतारीमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विपन्न परिवारलाई खाद्यन्न हस्तान्तरण गरेका हुन् । उनले खाद्यन्न हस्तान्तरण गर्दै विपन्न वर्गलाई खाद्यन्न सहयोगले थोरै भए राहत पुग्ने विश्वास व्यक्त गरे । स्लामि संघले नगर सरकारसँग समन्वय गरी विपन्न वर्गलाई राहत दिने काम गरेको भन्दै खुसी व्यक्त गरे । नगर प्रमुख थापाले विपन्न , गरिब, असहाय र असक्त परिवारको सुख दुखमा नगर सरकार सधै अविभावकको रुपमा उभिने गरेको धारणा व्यक्त गरे ।

संघको सामाजिक विकास र सहयोग कार्यक्रम अन्तर्गत विपन्नलाई खाद्यान्न वितरण गरिएको स्लामि संघ नेपाल पाल्पाका संयोजक जुबेर अहमदले बताए । संघले रामपुर नगरपालिकाका वडा नं. २ , ४ ,५ , ७ र ८ का ५० विपन्न , असहाय र असक्त परिवारलाई छनौट गरी चामल , दाल , चिनि , नुन , तेल लगाएतका खाद्यान्न वितरण गरेको हो । संघले २३ केजि चामल , २ केजि दाल , २ केजी चिनि , १ केजी नुन र २ लिटर खाने तेल सहयोग गरेको मोहम्मद अलिले जानकारी दिए । राहत सामग्री पाए पछि विपन्न परिवार खुशी भएका छन् । संघले रामपुर नगरपालिकाको वडा नं. ४ को स्लामपुर , वडा नं. ७ को कालिआँप र वडा न ं. ८ को ढकाल चौतारीमा प्रति घर परिवार २ हजार ६ सय रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update