Shittalpati
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

पाल्पा, आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइदै छ । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बरका दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइने गरिन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्‍यालीहरू आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरू गुन्जिरहुन् भन्ने कामना पनि गरिन्छ ।

अपाङ्गता भएका व्यक्तिहरूले गरेका सकारात्मक र उपलब्धिमूलक कथाहरूलाई पनि आज विश्व समुदायले विभिन्न माध्यम मार्फत अवलोकन र श्रवण गर्ने गर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाका लागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि संगठनहरूले अपाता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिबद्धता राखेका हुन्छन् र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन् भन्ने याद दिलाउने दिन पनि हो । अपा·ता भएको जनसंख्यालाई साथै लिएर हिँड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update