Shittalpati
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका दलहहरु प्रतिबद्ध

रामचन्द्र रायमाझी
पाल्पा, आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका राजनीतिक दलहरुले साझा प्रतिबद्धता जनाएका छन् । पाल्पा विकास केन्द्रले शुक्रबार तानसेनमा गरेको अन्तक्र्रिया तथा रेडियो बहस कार्यक्रममा बोल्दै पाल्पाका ८ राजनीतिक दलहरुले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन साझा प्रतिवद्धता व्यक्त गरेका हन् ।

दलहरुले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालन गर्ने, राजनीतिक दलहरु बिच स्वच्छ भयरहित वातावरणमा प्रचार–प्रसार गर्ने, आ–आफ्ना कार्यकर्ताहरुलाई संयमित भएर चुनावी अभियानमा लाग्न संयुक्त रुपमा प्रतिवद्धता व्यक्त गरे । राजनीतिक दल र उम्मेदवारबिच एक आपसमा सम्मानजनक व्यवहार गर्ने, मान प्रतिष्ठा इज्जतमा आच आउने किसिमका गतिविधीहरु नगर्ने र भइहालेमा तत्काल रोक्ने प्रतिवद्धता उनीहरुले गरेका छन् । उनीहरुले मतदाताले रोजेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्ने हकको संरक्षण र सुनिश्चितताप्रति संवेदनशील बन्ने, दल र उम्मेदवारको घोषणापत्र र एजेण्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने सहज वातावरण तयार गर्ने, राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना विचार, घोषणापत्र र एजेण्डा खुल्ला रुपमा मतदाता समक्ष राख्ने, बहस गर्ने वातावरण सिर्जना गरी एक अर्कोप्रति सम्मानजक व्यवहार गरिने, निर्वाचन प्रचार–प्रसार, आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाहरूलाई सहभागी नगराइने, भ्रमपूर्ण सूचना प्रवाहलाई निरुत्साहित गरिने, राजनीतिक दल र उम्मेदवारहरूले आयोजना गरेका जुलुस, आमसभा, कोणसभा, बैठक, भेला जस्ता कार्यक्रमलाई एक दलले अर्को दलको कार्यक्रम बिथोल्ने वा बाधा अवरोध पुर्‍याउने कार्य हुन नदिइने, निर्वाचन आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृतहरू, मतदान अधिकृतहरू र पर्यवेक्षण गर्ने निकायसँग समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन आचारसंहिता पूर्णपालना गर्ने र गराउन सहयोग गर्ने भन्दै साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

‘हामी हाम्रो तर्फबाट आचारसंहिता पालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन तयार छौँ’ नेपाली काँग्रेसका जिल्ला सभापति तथा पाँचदलीय गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले भने । उनले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको र देशमा हरेक काल खण्डका निर्वाचनहरु काँग्रेस कै नेतृत्वमा भएको स्मरण गर्दै निर्वाचनलाई मर्यादित र निष्पक्ष ढंगले अगाडि बढाउन आफु र आफ्नो दल प्रतिबद्ध रहेको बताए । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमरेले स्वच्छ, निष्पक्ष ढंगले आफ्ना एजेण्डा जनतासामु पुु¥याई निर्वाचन गर्ने पक्षमा एमाले प्रतिबद्ध रहेको बताए । नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विक, नेकपा एकिृत समाजवादीका अध्यक्ष कमल पाण्डे, राष्ट्रिय जनमोर्चा नेपालकी जिल्ला सदस्य नरमति सिंजाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, जसपा नेपालका उपाध्यक्ष खिकबहादुर रेस्मीले स्वच्छ, निष्पक्ष भयरहित निर्वाचनका लागि आयोगले जारी गरेको आचार संहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा जिल्ला अदालत पाल्पाका श्रेष्तदार तथा सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद बस्यालले निर्वाचन आचरसंहितामा व्यवस्था गरिएका विषय, काम कारवाहीका विषयमा जानकारी गराएका थिए । उनले आचारसंहिता तथा निर्देशनहरुको पूर्णरुपमा पालना तथा कार्यान्वयनमा सबै प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।

पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले निर्वाचनलाई निष्पक्ष, मर्यादित र भयरहित बनाउन राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहने बताए । उनले राजनीतिक दल जति संवेदशनशील र आचरसंहिताको पारिपालनामा कडाई गर्छन् त्यत्ति नै निर्वाचन शान्तिपूर्ण, मर्यादित र स्वच्छ हुने धारणा व्यक्त गरे । अध्यक्ष पोखरेले राजनीतिक दर र उम्मेदवारहरुलाई सभ्य, जिम्मेवार र संवेदशीनल भई निर्वाचनको अभियानमा लाग्न समेत आग्रह गरे । उनले खर्चलाई मितव्यी बनाउदै मतदाताको मन जित्ने खालका एजेण्डा निर्माण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष पोखरेलले भने ‘विगतमा दलहरुले कार्यान्वयन गर्न नसक्ने कुराहरुलाई समेत घोषणा पत्रमा समेटी जनतालाई आशा मात्र देखाए तर अहिले जनता सचेत भइसकेकाले कार्यान्वयन गर्न सक्ने कुराहरु मात्र घोषणा पत्रमा समेट्नुहोस् ।’ आश्वासन बाँड्ने तर काम नगर्ने खालका विषयहरु घोषणा पत्रमा नसमेट्न उनले दल र उम्मेदवारहरुलाई आग्रह गरे । केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन साझा प्रतिबद्ध पत्रमा हस्ताक्षर गरे अनुसार नै व्यवहारमा उतार्न दलहरुलाई अनुरोध गरे । उनले दलहरुले गरेको प्रतिबद्ध पुरा गरे नगरेको विषयमा पाल्पा विकास केन्द्रले विश्लेषण समेत गर्ने बताए ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update