Shittalpati
साहित्यकार कार्कीद्वारा अक्षयकोष स्थापना

रामपुर (पाल्पा), साहित्यकार नीलम कार्की ‘निहारिका’ले पाल्पाको भवानी माध्यमिक विद्यालय कुसुमखोलामा अक्षयकोष स्थापना गरेकी छिन् । कार्कीले दुई लाख रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेकी हुन् । उनले पद्मश्री पुरस्कार (दुई लाख रूपैयाँ) रकमबाट विद्यालयमा कोष स्थापना गरेकी हुन् ।

अक्षयकोषको ब्याज रकमबाट हरेक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिइने गरी उनले सासुआमाको स्मृतिमा ‘मानकुमारी स्मृति अक्षयकोष’को स्थापना गरेकी हुन् । विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद आचार्यले अक्षयकोष स्थापना गरी रकम सहयोग गरिदिएकोमा कार्कीलाई व्यक्त गरे । –रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update