बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण
शिक्षा र समाज
आज माघे संक्रान्ति पर्व देशभर मनाइदै

पाल्पा,आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।
पाल्पामा बसोबास गर्दै आएका मगर समुदायले पनि आफ्नो महान चाड माघे संक्रान्ति धुमधामका साथ मनाउदै छन् । माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन् । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोसिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ । माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिएसरह हुने धर्मशास्त्रमा उल्लेख छ । धर्मसिन्धुमा भनिएको छ ‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ ।’ ज्योतिषशास्त्र अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । लड्डु तथा घिउचाकु संक्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो चाकु सँल्ह’ भनिन्छ । यस पर्वमा नेपालका देवघाट, वराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गंगासागर लगायतका नदी तथा त्रिवेणीमा स्नान, दान, श्रद्धालु लगायतका कार्य गर्नेहरूको ठूलो भिड लाग्छ ।
मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे संक्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ । माघे संक्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । बालकहरू धनु बाँण खेल्दै माघे संक्रान्तिको रौनकता शुरू गर्छन् । विगतमा माघे संक्रान्ति मेला रूरू क्षेत्र रिडीमा तीन दिनसम्म लगातार लाग्दै आउने गरे पनि यसवर्ष कोभिडका कारण मेला नहुने भएको छ । मेला नभए पनि स्नान गर्नेहरु भने रिडी पुग्ने जनाइएको छ । कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पूण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त रिडी नदीमा पुग्ने गर्दछन् । ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महŒवपूर्ण गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलबाट बग्ने पवित्र कालीगण्डकी नदी र गण्डकीको तिरमै पुरानो ऋषिकेश मन्दिर छ । यसैगरि पूर्वी पाल्पाको राम्दी, रानीघाट, गुल्मी, पर्वत, स्याङ्जाको संगमस्थल शालीग्राम क्षेत्र सेतीवेणी, देवघाट लगायत देशका विभिन्न धार्मिक स्थल तथा नदी तलाउहरु स्नान गरी पूजा अर्चना गरेर माघे संक्रान्ति मनाउने परम्परा छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!