शिक्षा र समाज

दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ

Shittalpati Reporter

बलेवा । दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना संक्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए । गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनी लगायत सबै गाउँका युवालाई टीका लगाइदिएका थिए । स्वाब दिएर होम क्वारेन्टाइनमा बसेका ती युवा रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए ।

स्वाब दिएपछि कुनै लक्षण नदेखिएकाले उनी गाउँमा परिवारसँगै साथीसँगीसँग गाउँघरका खेलकूद लगायतका कार्यक्रममा पनि सहभागी थिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँचभन्दा बढी भेटघाट, भेला र आवतजावत गर्न नपाउने निर्णय गरेको श्रीसको भनाइ छ । उनका अनुसार, मङ्गलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे रातिसम्म अत्यावश्यक बाहेकका काममा रोक लगाइएको छ । –रासस


प्रकाशित मिति: बुधवार, कार्तिक १२, २०७७, ०२:०३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मंसिर १० देखि माथागढीका विद्यालय खुल्ने बुधवार, कार्तिक १२, २०७७, ०२:०३:००
गरिबीले छेक्यो पढ्ने रहर बुधवार, कार्तिक १२, २०७७, ०२:०३:००
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व बुधवार, कार्तिक १२, २०७७, ०२:०३:००