Shittalpati
रैनादेवी छहराले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड(१९) को असर कतिसमयसम्म रहने हो भन्ने यकिन हुने संकेत नदेखिएपछि विदेशमा रहेका नागरिकहरुको विवरण संकलन गरेको हो । गाउँपालिकाले पालिकामा बसोबास भई रोजगारका शिलशिलामा भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरको छ ।

तथ्याङ्क संकलनका क्रममा गाउँपालिकाबाट मात्र ३ हजार ३ सय युवाहरु वैदेशिक रोजगारीमा गएको पाइएको छ । गाउँपालिकाले सबै वडा बाट संकलन गरेको तथ्याङका आधारमा वडा नं १ सिद्देश्वरमा ३ सय ८३, वडा नं २ सोमादीबाट ३ सय ५२, वडा नं ३ भुवनपोखरीबाट ७ सय ६८, वडा नं ४ छहराबाट ७ सय ७०, वडा नं ५ को मुझुङ्गबाट २ सय ४९, वडा नं ६ जुठापौवा बाट ४ सय ८९, वडा नं ७ को बल्ढेंगढीबाट ९९, वडा नं ८ सत्यवतीबाट २ सय १२ जना नागरिक विदेशमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले जानकारी दिए ।

अहिले विश्वमा कोरोना संक्रमणका कारण उनीहरु स्वदेश फर्किन सक्ने संभावनालाई मध्यनजर गर्दै आगामी दिनमा स्वरोजगार मुलक कार्यक्रम सहित, कृषि, पशुपालन, फलफुल उत्पादन लगाएतका कार्यक्रममा लगायने गरी योजना ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update