Shittalpati
पाल्पा आवासीय माविले मनायो ४३ औं वार्षिक उत्सव

पाल्पा, जिल्लाको तानसेनमा रहेको पाल्पा अवासीय माध्यमिक विद्यालयले ४३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमहरु गरी वार्षिक उत्सव मनाएको हो ।

माघ १७ गतेदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको विद्यालयले बुधबार एक औपचारिक समारोहकाबिच समापन गरेको छ । समापन कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले निजी तवरबाट सञ्चालन भएको विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले ४३ वर्षे लामो यात्रा तय गर्नु विद्यालयका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले अबको आवश्यकता व्यवसायिक र प्राविधिक भएकाले त्यसतर्फ ध्यान दिन विद्यालयलाई आग्रह गरे । उनले अहिलेको शिक्षाले मात्र अब विश्वसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै प्राविधिक र व्यवसायिक शिक्षा उपलब्ध गराउने दिशामा सोच्नुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारलाल श्रेष्ठले आगामी दिनमा अब्बल जनशक्ति उत्पादन गर्ने दिशामा आफुहरु लागेको बताए । सबैको सहयोग र साथका कारण नै विद्यालय जिल्लाको अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित हुन सफल भएको भन्दै उनले सबैलाई धन्यवाद दिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाका अध्यक्ष महेशमान बज्रचार्यले सरकारले निजी क्षेत्रका विद्यालयाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रका विद्यालयहरुले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए पनि सरकारले त्यसको मूल्याड्ढन गर्न नसकेको बताए । प्याब्सन पाल्पाका निवर्तमान अध्यक्ष भरत न्यौपानेले निजी विद्यालयहरुले शैक्षिक गुणस्तर दिन सफल भए पनि सरकारले उनीहरुप्रति हेर्ने दृष्टिकोण सौताको जस्तो रहेको आरोप लगाए । उनले सरकारी र निजी विद्यालयलाई सरकारले गर्ने व्यवहार फरक भएको भन्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पाको शैक्षिक क्षेत्रमा विद्यालयले पुु¥याएको योगदान प्रशसनिय रहेको बताए । तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले विद्यालयको शैक्षिक र भौतिक क्षेत्रको विकासमा नगर र वडा तहबाट गर्नुपर्ने काममा सधै सहयोग रहने बताए ।

अभिभावकको तर्फबाट राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले विद्यालय र त्यस विद्यालयका विद्यार्थीहरु सवल र सक्षम भए मात्र समाज र राष्ट्र सफल हुने बताए । कार्यक्रममा प्याब्सन तानसेन नगरका अध्यक्ष तथा पाल्पा प्यारागन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्री, नवजनचेतना राष्ट्रिय दैनिकका उपसम्पादक रामचन्द्र रायमाझी, विद्यालयका पूर्व शिक्षक जीवलाल पाण्डे, विद्यार्थी सोइक्षा अमात्य लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयले शैक्षिक क्षेत्रमा पुर्यायाएको योगदान महत्वपूर्ण रहेको बताए । कार्यक्रममा विद्यालयका प्रचार्य गोपाल पि.सी.ले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई आगामी दिनमा थप गुणस्तरीय, प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले विद्यालयलाई पश्चिम क्षेत्रकै नमूना विद्यालय बनाउने गरी आफुहरु अगाडि बढेको धारणा व्यक्त गरे । कार्यक्रममा विद्यालय तह, एसइईमा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक र विभिन्न विद्याका कार्यक्रमहरुमा सफल हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारलाल श्रेष्ठको अध्यक्षता, सहायक प्रसाशक भवानी शर्माको स्वागत, शिक्षक क्षितिज नेपाल र विद्यार्थीहरु सदिक्षा कुंवर, अजिता थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । विद्यालयले वार्षिक उत्सवको अवसरमा विविध प्राज्ञिक तथा खेलकूद कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update