Shittalpati
पाल्पा २ (२) मा माओवादीका घर्ती विजयी

पाल्पा, पाल्पा निर्वाचन क्षेत्र नं २(२) प्रदेश सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तुुलराम घर्ती मगर विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतले पछि पार्दै विजयी भएका हुन् ।

विजयी घर्तीले १३ हजार ९ सय ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी ओमबहादुरले १३ हजार ५१ मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रपाणी पौडेलले ८ सय ९०, मंगोल नेशनल अर्गनाइजेसनका शिवबहादुर गाहाले ३ सय ७८ र राष्ट्रिय जनमुुक्ति पार्टीका इन्द्रबहादुर अस्लामीले ३ सय ४५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update