लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
राजनीति
नेकपाको तीन महिने घरदैलो अभियान छहरामा
भुवन रायमाझी
पाल्पा (छहरा) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तीन महिने घर दैलो अभियान रैनादेवी छहरामा सुरु भएको छ । नेकपाको पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार सहित तीन महिने घरदैलो अभियान आईतबारदेखि रैनादवी छहरामा शुभारम्भ भएको हो ।
अभियानको शुभारम्भ गदै नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सासंद बसन्त घर्ती मगरले नेकपाको सरकारले देखिने गरी काम गरेको बताउदै हरेक जनताले सरकारले गरेका काम घरमै बसेर थाहा पाउने गरी अभियानको थालनी गरेको बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले तीनै तहका सरकारले विनियोजन गरेका बजेटबाट भएका विकास निर्माणका योजनाहरु नेकपाको निति र कार्यक्रम अनुसार गाउँ तहसम्म पुगेको कुरा हरेक नेपाली जनतालाई जानकारी दिन अभियानले महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे । नेता गैरेले नेपाली जनतालाई सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा पार्टी एकजुट भई अघि बढेको भन्दै पार्टीलाई थप व्यवस्थित र बलियो बनाउनका लागि अभियानले नेकपालाई बलियो बनाउने बताए । कार्यक्रममा प्रदेश कमिटी सदस्य धनेन्द्रराज घिमिरे, यादवबहादुर रायमाझी, नेत्रप्रसाद पाण्डे, राजेन्द्र बिक, नेकपा नेता रामबहादुर राउत, खेममाया सुनारी लगायतले नेकपा नेतृत्वको सरकारले देश जनताका पक्षमा राम्रा काम गर्दा प्रतिपक्ष दलहरु अतालिएको बताएका थिए ।
रैनादेवी छहरामा नेकपाको घरदैलो अभियान सञ्चालन गर्न नेत्रप्रसाद पाण्डे, रामबहादुर राउत, खेममाया सुनारी, सूर्य कार्की, कृष्ण भण्डारी र मिरा मरासिनीलाई जिम्मवारी दिएको छ । नेकपा रैनादेवी छहराका अध्यक्ष रामप्रसाद ज्ञवालीको अध्यक्षता, सचिव मानबहादुर थामीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!