Shittalpati
संविधानको सीमा हेरफेर गर्ने बहस उचित छैन : मन्त्री ज्ञवाली

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हेरफेर गर्ने बहस उचित नभएको बताएका छन् । उनले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगर कमिटीद्वारा पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ कार्यक्रममा मन्त्री ज्ञवालीले पहिलो काम समृद्ध नेपाल बनाउनुपर्ने अवस्था रहेकाले संविधानका सीमा हेरफेरको बहस उचित नभएको उल्लेख गरे । उनले नेकपा नेतृत्वको सरकारले जनताका आशा र भरोसाको विश्वास टुट्न नदिने धारणा व्इक्त गरे । मन्त्री ज्ञवालीले संविधान जलाउने समूहलाई वार्ताबाट संविधान स्वीकार्य गर्ने बनाएको बताए । उनले नेकपाप्रति जनताको भरोसा अझै रहेकाले यसलाई कायम गरी पार्टी र सरकार लाग्नुपर्नेमा जोड दिए । नेकपाका नेता सोमप्रसाद पाण्डेय र ठाकुर गैरेले पार्टी बलियो र व्यवस्थित गर्न अभियान सफल हुनुपर्ने बताए । नगर कमिटीले शनिबारदेखि तीन महिना पार्टी जनसम्बन्ध विस्तार अभियान सञ्चालनमा ल्याएको छ । –रासस

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update