Shittalpati
उर्जा मन्त्री रानाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

कृष्ण पोखरेल

पाल्पा, लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री एवं नेपाली काँग्रेसका नेता विर बहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेका रानाले जनजातीतर्फ खुला केन्द्रयी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काँग्रेस पाल्पाले तानसेनमा पत्रकार सम्मेलन गरी आगामी १४ औ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा नेता रानालाई अगाडि सारेको हो । पार्टीलाई निति नियम पद्धती, अनुशासनको लाईनमा हिडाउन, सबैको समान पहुँच र अधिकार स्थापित गर्न केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको मन्त्री रानाले बताए ।

नेपाल विद्यार्थी संघ हुँदै वडा तहबाट जिम्मेवारी निभाउदै आएका केन्द्रीय सदस्यका उम्मेदवार बनेका राना यस अघि दुई कार्यकालसम्म पाल्पा जिल्लाको पार्टी सभापति भई काम गरेका थिए । पाल्पा नेपाली काँग्रेसको पार्टीलाई शसक्त जुझारु बनाउन, युवा पुस्तालाई राजनितिमा क्रियासिल बनाउन रानाको सक्रिय भूमिका रहेको छ । समग्र लुम्बिनी प्रदेशको विकास पद्धतिलाई लयगत रुपमा लैजान, जिल्लाको विकासलाई प्रभावकारी बनाउन, पार्टीपद्धति संस्कारयुक्त बनाउन, राजनितिक दलमा देखिएको वितिष्णा हटाउन, जनताप्रति राजनितिक दल उत्तरदायी बनाउन जनजाती खुलातर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको रानाले बताए । केही बर्ष अझै सक्रिय राजनीतिमार्फत देश र जनताको सेवा गर्ने भावना रहेकोले, जिल्ला र केन्द्रको नेतृत्व वर्गको छलफल र सल्लाहमा पाल्पा जिल्ला बाटै केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएको उम्मेदवार रानाले बताए । पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सीनाले उम्मेदवार रानाको विजयको लागि पाल्पाली पत्रकारहरु सक्रिय भएर लाग्ने बताए ।

नव निर्वाचित नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापती हिमालदत्त श्रेष्ठले निवर्तमान पार्टी सभापती एवं प्रदेश मन्त्री रानालाई अत्याधिक मतबाट जिताउने गरी जिल्लाको सम्पूर्ण टिम खटिएको बताए । पार्टी उपाध्यक्ष झपेन्द्र प्रसाद गैरेले उम्मेदवार रानालाई जिताउन, आवश्यकता अनुसार देशभरीका साथीहरुलाई परिचालन गरिएकाले जित सुनिश्चित रहेको बताए । उम्मेदवार घोषणा कार्यक्रम पार्टी सचिव सुनिता अधिकारीको सञ्चालन गरेकी थिईन ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update