Shittalpati
मन्त्रिमण्डल पुनर्गठन

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठन भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ । प्रधानमन्त्री ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए ।

त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारीमा तानेका छन् । पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाएका ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवाारी दिइएको छ । त्यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update