Shittalpati
काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

पाल्पा, नेपाली काँग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । संघीय संसद् सचिवालयले सोमबार काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको हो ।

सचिवालयले काँग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको छ । यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो ।

काँग्रेसले गत पुस २६ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि विपक्षी दल को हुने भन्नेबारे प्रश्न उठेको थियो । नेपाल मजदुर किसान पार्टीले पनि प्रमुख विपक्षी दलको मान्यता दिन सचिवालयलाई निवेदन दिएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update