राजनीति

नेपाल प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व

Shittalpati Reporter

पाल्पा, नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व आएको छ । युनियनको दाङको घोराहीमा भएको प्रदेश प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

जसको अध्यक्षमा सुदिप गौतम निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनबाट खुला उपाध्यक्ष जय सिंह केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्ष पहलमान घर्ती चयन भएका छन् । यस्तै महासचिवमा नवीन गिरी, खुला सचिवमा सूर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेशीसचिवमा सम्सेर विक्रम जिसी भएका छन् भने कोषाध्यक्ष सिपी खनाल बनेका छन् ।

अधिवेशनबाट प्रकाश रेग्मी, वसन्त वण्जाडे, तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी, दिलीप खड्का, प्रमोद आचार्य, रबीन सर्मा चापागाईँ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई घिमिरे, अनु खनाल, ओमा कडेल, पूजा पन्थी, दुखहरण यादव, रवीन्द्र यादव, सुरेश परियार सदस्यमा चयन भएका छन् । यसै गरी अधिवेशनले लेखा समिति संयोजकमा मुक्ती प्रसाद न्यौपाने र सदस्यहरुमा इन्द्रजीत रेग्मी र प्रकाश घिमिरेलाई चयन गरेको नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले जानकारी दिए ।


प्रकाशित मिति: शुक्रवार, माघ ६, २०७९, ०२:४७:००
प्रतिक्रिया दिनुहोस्