Shittalpati
घट्दै कोरोना संक्रमण

पाल्पा, पछिल्लो केही दिन यता नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । अहिले सय भन्दा कम संख्यामा संक्रमित देखिन थालेका छन् । सोमबार ९१ जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टामा थप ७४ जनामा मात्र संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार देशभरबाट ३ हजार ५ सय १२ नमूना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट १ हजार ५ सय ३५ र एन्टिजेनबाट १ हजार ९ सय ७७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३९ र एन्टिजेनबाट ३५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार थप १ सय ६० जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ६ सय १९ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update