Shittalpati
गाउँमै खकार नमुना संकलन

पाल्पा,  जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेमा खकार नमुना संकलन तथा क्षयरोग माईक्रोकोपी क्याम्प सञ्चालन गरिएको छ । क्षयरोगको आशंका गरिएका व्यक्तिलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले खकार नमुना संकलन तथा क्षयरोग माईक्रोकोपी क्याम्प सञ्चालन गरिएको हो ।

पालिकाको स्वास्थ्य शाखाको आयोजना र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा नमुना संकलन तथा क्याम्प सञ्चालन भएको हो । ठिमुरे स्वास्थ्य चौकीमा गरिएको खकार नमूना संकलनमा ४४ जना व्यक्तिहरुले आफनो नमूना खकार दिएका छन् । खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसिन डालबहादुर रायमाझीले खकार सकलन गरी नमूना खकारलाई माईक्रोस्कोपको माध्यमबाट परीक्षण गरी क्षयरोग भए, नभएको हेर्न सकिने बताए । कार्यक्रममा ठिमुरेका वडा अध्यक्ष प्रकाश रायमाझीले पालिकाले गाउँमै क्षयरोग परीक्षण गर्न थालेको बताए । उनले समय–समयम क्षयरोगका शंकास्पद व्यक्तिहरुको परीक्षण गरिदै जाने बताए । ठिमुरे स्वास्थ्य चौकीका प्रमुख राधीका छहरीले विरामीहरुलाई गाउँमै पुगेर सेवा दिन आफुहरु तयार रहेको बताईन ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update