Shittalpati
रिब्दीकोटका हजार दिने आमालाई अण्डा

भुवन रायमाझी
पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका ८ का हजार दिने आमाहरुलाई अण्डा दिइएको छ । गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पु¥याउने भन्दै वडा कार्यालयले हजार दिने आमाहरुलाई अण्डा दिएको हो । वडा कार्यालयले हजार दिनको आमाहरुलाई पोषणका लागि अण्डासँगै सचेतनाका लागि स्वास्थ्य शिक्षा समेत दिएको छ ।

गर्भवती महिलाई अण्डा वितरण गर्दै वडा अध्यक्ष नारायणबहादुर लाम्टाङेले गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्न अभियानले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले भने ‘पौष्टिक आहाराको कमी हुनबाट बचाई आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान पु¥याउन अण्डा दिइएको हो ।’ वडा भित्रका १ सय ३५ जना हजार दिने आमाहरु मध्ये ४५ जना आमाहरुलाई तरकारीको बिउ, बिजन सहित अण्डा वितरण गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाका कार्यक्रम कोडिनेटर विनोद भारतीले समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार सिबिएचएफए कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा सरसफाई सम्बन्धी सरोकारवालाहरु बीच छलफल भएको बताउदै स्वास्थ रहनका लागि सरसफाईमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । उनले मानव जीवनमा स्वास्थ्यको महत्वपूर्ण भूमिका रहने भएकाले वातावरण र शारीरिक सरसफाईमा ध्यान दिनुपर्नेमा धारणा व्यक्त गरे ।

कार्यक्रममा सुआहारा कार्यक्रमकी अनुपा कार्कीले कार्यक्रममले किशोर किशोरीहरू, पोषण, स्वच्छता र प्रजनन् स्वास्थ्यका विषयमा जानकारी गराउँदै फेकका सबै वडामा हजार दिने आमाहरुलाई अण्डा वितरण गरिने बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी उपाध्यक्ष लक्ष्मी खनाल प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेल लेखा अधिकृत मन्जु पन्थी, वडा सदस्य चक्रबहादुर कुवँर, नेकपाका सचिव मोहन कुवँर, नेपाली काँग्रेसका ज्ञानबहादुर दर्लामी लगायतको उपस्थिति रहेको थियो । अण्डा हातमां लिएर खुसी अनुहार लिएका सोमहर गाउँकी कल्पना ठटराई र ब्याग्दीकी लक्ष्मी हिताङले गाउँमा सरकार आएको अनुभूति दिलाएको बताएका थिए । कार्यक्रममा स्थानीयवासी बुद्धिजिवी, राजनीतिक दल, महिला स्वास्थ्य स्वयसेविका लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update