Shittalpati
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो

पाल्पा, पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शनिबारसम्म ३१ जनाको मृत्यु भएको छ । शुक्रबार बगनासकाली गाउँपालिकाका थप १ संक्रमित पुरुषको मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

गत १४ गते कोरोना संक्रमणको पुष्टि भएका बगनासकाली गाउँपालिका १ का ७७ बर्षीय पुरुषको ज्यान गएको छ । सुगर र उच्च रक्तचापको समस्या भएपछि गएको १३ गते उनलाई मिसन अस्पतालमा भर्ना गरिएको थियो । मृतक पुरुषलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको आफ्न्ताले जनाएका छन् । उनको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको परिवारले बताएको छ । उनको मिसन अस्पतालले सकिन लागेको अक्सिजन लगाएर पठाउदा एलएमसी नपग्दै बाटोमा सकिएर मृत्यु भएको आफ्न्ताले आरोप लगाएका छन् । बिरामीलाई भेन्टिलेटरको आवश्यक भएपछि मिसन अस्पतालले लुम्बिनी मेडिकल कलेजका लागि शुक्रबार रिफर गरेको थियो । तर अक्सिजन लगाएर एम्बुलेन्सबाट प्रभास स्थित मेडिकल कलेज लादै गर्दा अक्सिन सकिएपछि बिरामीको बाटोमै ज्यान गएको बताइएको छ ।

अहिलेसम्म जिल्लाका ९ स्थानीय तहका ३१ जनाको कोरोनाबाट मृत्यु भएको हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार तानसेन तथा तानसेन भित्रका अस्पतालमा ८ जना, माथागढीका ३ जना, रामपुरका ४ जना, पूर्वखोलाका ४ जना, रैनादेवी छहराका १, बगनासकालीका ७, तिनाउका २ र रिब्दीकोटका १ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । १० स्थानीय तहमध्ये निस्दीमा भने कोरोनाको कारण मृत्यु भएको तथ्याड्ढ छैन ।
यस्तै जिल्ल्ला शुक्रबार र शनिबार गरी थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाभित्रका ७ जनासहित थप १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रामपुरका १ जना, रैनादेवी छहराका १ जना, बगनासकाली गाउँपालिकाका ३ जना र रिब्दीकोट गाउँपालिकाका १ जना संक्रमित थपिएका छन् । योसंगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय २१ पुगेको छ । तिमध्ये १ हजार ७ सय २५ जना निको भएका छन् । हाल ६५ जना सक्रिय संक्रमित छन् । त्यस्तै समुदायस्तरका १ हजार १२ जना र ८५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा छ ।

 

 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update