Shittalpati
पाल्पा अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द

पाल्पा । पाल्पा अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालका दुई डाक्टरसहित कार्यालय सहयोगी र सुरक्षाकर्मीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेका सबै सेवाहरु बन्द गरिएको हो । अस्पतालले एक सूचना जारी गर्दै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले आकस्मिकबाहेकको सेवा बन्द गरिएको जनाएको छ ।

असोज २७ गते अस्पतालबाट कर्मचारी, बिरामीसहित ९ जनाको स्वाब पिसीआर परीक्षणका लागि पठाइएकोमा शुक्रबार ७ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितमध्ये ४ जना अस्पतालका कर्मचारी र अन्य ३ जना उपचाररत बिरामी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update