Shittalpati
पाल्पामा थप ६ जनामा कोरोना पुष्टि

पाल्पा, भदौ २७/ जिल्लामा थप ६ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । शनिवार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका ५ जना र पूर्वखोला गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

पूर्वखोलाका एक जना पुरुष र रम्भाका दुई महिला, तीन पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुवै स्थानीय तहले समुदायको क्षेत्रमा गरेको स्वाव संकलनमा रिपोर्ट पोजेटिभ आएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमित मध्ये ५ सय ७० जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ । पाल्पामा अहिलेसम्म सक्रिय संक्रमित ८५ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update