नेपाली काँग्रेस गुल्मीले मनायो सहिदहरूको सम्झनामा दिवस
सोमबार, माघ १७, २०७८
एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता
सोमबार, माघ १७, २०७८
नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो ।
स्थानीय निर्वाचन अपरिहार्य
सोमबार, माघ १७, २०७८
सरकार घटकदलहरु बीचको सहमति पछि स्थानीय निर्वाचन अगामी २०७९ साल जेठ भित्र गर्ने विषयमा सहमतिको वातावरण बनेपछि केही सकारात्मक वातावरण वनेको महशुस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन निर्धारित समयमै गर्ने अठौट गरेपछि देखिएको सकारात्मक माहोलले सरकारका लागि थप उर्जाको वातावरण तयार भएको पनि चर्चा चल्न थालेको छ ...
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु
आइतबार, माघ १६, २०७८
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । आइतबारदेखि लक्षित वर्गलाई बुस्टर खोप लगाउन सुरु गरिएको हो । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
आइतबार थप १५ जनामा कोराना संक्रमण पुष्टि
आइतबार, माघ १६, २०७८
पाल्पामा १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
‘स्थानीयदेखि संघीय निर्वाचनसम्म गठबन्धन आवश्यक’
आइतबार, माघ १६, २०७८
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि संघीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताए ।
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’
आइतबार, माघ १६, २०७८
कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको संख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।
आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै
आइतबार, माघ १६, २०७८
देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुँति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ ।
राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्ने
आइतबार, माघ १६, २०७८
नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।
सहिद दिवसको सार्थकता
आइतबार, माघ १६, २०७८
आज देशभर सहिद दिवस मनाइँदै छ । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको हो । सहिद दिवसका अवसरमा देश र जनताको लागि जीवनकै आहुँती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सतमार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ ।
ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज
शनिबार, माघ १५, २०७८
सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।


