सार्वजनिक सेवा प्रवाहका सुधारात्मक पक्षहरू
बिहीबार, वैशाख १, २०७९
माथागढीले बनायो आवधिक र दीर्घकालीन योजना
बिहीबार, वैशाख १, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले आवधिक र दीर्घकालीन योजना बनाएको छ । गाउँपालिकाले पञ्चवर्षे आवधिक र दश वर्षे दीर्घकालीन योजना बनाएको हो । गाउँपालिकाले २०७९/२०८०–२०८३/२०८४ सम्मका लागि आवधिक योजना र २०७८/२०७९– २०८८/८९ सम्मका लागि दीर्घकालीन योजना निर्माण गरेको छ ।
डेल्टा मार्ट पाल्पाले ल्यायो नयाँ वर्ष योजना
बुधबार, चैत ३०, २०७८
व्यवसायिक प्रतिष्ठानका रुपमा हरेको पाल्पाको डेल्टामार्टले नयाँ वर्ष योजना ल्याएको छ । मार्टले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको हो ।
पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए खोप
बुधबार, चैत ३०, २०७८
जिल्लामा ८४ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धको खोप लगाएका छन् । चैत २३ गतेदेखि सञ्चालन भएको खोप अभियानमा मंगलबार सम्ममा ८४.६६ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धकोे खोप लगाएका हुन् ।
तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा
बुधबार, चैत ३०, २०७८
गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ्ग, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।
गुल्मीका स्थानीय तहविरुद्ध उजुरीको चाङ, ४४ उजुरी अख्तियारमा
बुधबार, चैत ३०, २०७८
संघीयता पछि जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । जहाँ शिक्षा स्वास्थ्य, रोजगार, पूर्वाधार विकासको क्षेत्रमा वर्षेनी करोडौ बजेट खर्च भइरहेको छ । तर अपेक्षित उपलब्धि भने हासिल गर्न सकिएको छैन । विकासमा घोटाला गर्ने प्रवृत्ति स्थानीय तहमा अधिक मौलाएको पाइन्छ । गुल्मीमा पनि स्थानीय सरकारविरुद्ध भ्रष्टाचार अनियमितताका...
‘अवसर पाए बगनासकालीको मुहार फेर्न सक्छु’
बुधबार, चैत ३०, २०७८
पाल्पाको बगनासकाली गाउँपालिकामा ९ वटा वडा छन् । जसमध्ये वडा ९ चापपानी एक हो । गाउँपालिका भित्रका वडा मध्ये कै उत्कृष्ट वडा हो चापपानी । जसको नेतृत्व नेपाली काँगेसबाट निर्वाचित ठानेश्वर तिमिल्सीनाले गरेका छन् । पाँच वर्षअघि उनी निर्वाचित भएर आउँदा प्रशासनिक संरचना थिएन । कार्यालय सञ्चालनका लागि न त...
अर्थतन्त्र सुधारमा छैन संवेदनशीलता
बुधबार, चैत ३०, २०७८
पछिल्लो समय मुलुकको अर्थतन्त्र संकट अवस्थामा छ । अर्थतन्त्रका अधिकांस आँकडाहरू चिन्ताजनक नै देखिन्छन् । तर सम्बन्धित निकाय यसप्रति संवेदनशील देखिदैन । बरु सरकार केन्द्रीय बैंकको नेतृत्वलाई निलम्बन गरेर मुलुकलाई आर्थिक अस्थिरताको प्रवेश बिन्दुमा धकेल्न उद्धत देखियो ।
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश
मंगलबार, चैत २९, २०७८
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका छन् । युनियनका गतिविधि र विचारलाई आत्मसाथ गर्दै घिमिरे मंगलबार युनियन प्रवेश गरेका हुन् ।
गुल्मी काँग्रेसको संसदीय बोर्ड गठन
मंगलबार, चैत २९, २०७८
नेपाली काँग्रेस गुल्मीले संसदीय बोर्डको गठन गरेको छ । सभापति खिलध्वज पन्थीको अध्यक्षतामा बसेको बैठकले पार्टीको विधान अनुसार गुल्मी काँग्रेसको संसदीय बोर्डको गठन गर्ने निर्णय बमोजिम बोर्ड गठन भएको हो ।
जीर्ण अवस्थामा ढुङ्गे धारा
मंगलबार, चैत २९, २०७८
संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको गुल्मीको इस्मा गाउँपालिका–२ ढाँडाको ढुङ्गे धारा । विगतमा ढाँडा र व्यादीको सिङ्गो गाउँले खानेपानी र सरफाइको रुपमा प्रयोग गर्दै आएको ढुङ्गे धारा अहिले संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । यहाँका अधिकांश पुराना ढुङ्गे धारा सुकिसकेका छन् भने केही लोप भइसकेका छन् ।
गुल्मीमा दलहरु उम्मेदवार छनोट गर्न व्यस्त
मंगलबार, चैत २९, २०७८
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म काँग्रेस, एमाले र माओवादी...


