सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे
शुक्रबार, असार २८, २०८१
माथागढीकी बेपत्ता महिला खोलामा मृत फेला, कालिगण्डकी किनारमा अर्का पुरुष मृत भेटिए
शुक्रबार, असार २८, २०८१
जिल्लाको माथागढी गाउँपालिका –४ झडेवाकी बेपत्ता भएकी एक महिला खोलामा मृत भेटिएकी छन् । गत असार २२ गते खेतमा काम गरी बेलुकी घर फर्किने क्रममा बेपत्ता भएकी झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रधानमन्त्री प्रचण्डले पाँचौँपटक विश्वासको मत लिंदै
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाको बैंठकमा विश्वासको मत लिंदैछन् । विहान ११ बजे बस्ने बैंठकमा प्रधानमन्त्री प्रचण्डले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।
मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा एक बालिकाको मृत्यु
बिहीबार, असार २७, २०८१
मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका –१ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको विष सेवनबाट मृत्यु भएको हो ।
लायन्स क्लव अफ पाल्पा रानीमहलले गर्यो पद हस्तान्तरण तथा अवार्ड वितरण
बिहीबार, असार २७, २०८१
जिल्लाको सामाजिक र मानविय सेवामा क्रियाशिल रहेको लायन्स क्लब अफ पाल्पा रानीमहलले पद हस्तान्तरण तथा विभिन्न अवार्ड वितरण गरेको छ । क्लवले तानसेनमा एक भव्य समारोहकाबिच पद हस्तान्तरण तथा अवार्ड वितरण गरेको हो ।
ट्रक र स्कुुटर एक आपसमा ठोक्किदा स्कुुटर चालकको मृत्युु
बिहीबार, असार २७, २०८१
जिल्लाको तिनाउ गाउँपालिका –३ दोभानस्थित सिद्धार्थ राजमार्गमा ट्रक र स्कुटर एकआपसमा ठोक्किदा बुधबार साँझ स्कुटर चालकको मृत्यु भएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुुटर चालकको...
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं
बिहीबार, असार २७, २०८१
विश्व जनसंख्या दिवस नेपालमा पनि आज मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।
विश्व जनसंख्या दिवसको सन्दर्भ
बिहीबार, असार २७, २०८१
विश्व जनसंख्या दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
बगनासकालीमा काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरे गाउँसभा बहिष्कार
बुधबार, असार २६, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकामा नेपाली काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गाउँसभा बहिष्कार गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा असन्तुष्ट जनाउँदै १७ जना सदस्यले बुधबारको १६ औं गाउँसभाको अन्तिम बैंठक बहिष्कार गरेका हुन् ।
आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय
बुधबार, असार २६, २०८१
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।
बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् आमाहरू
बुधबार, असार २६, २०८१
गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।


